Lucky-Khabar_

वीरगन्ज–रक्सौल रुटका ई–रिक्सा, ट्याम्पु र टांगा चालकसँग सशस्त्र प्रहरीको अन्तरक्रिया

राम आर्य
वीरगन्ज|वीरगन्ज–रक्सौल नाका हुँदै आवतजावत गर्ने यात्रुवाहक ई–रिक्सा, ट्याम्पु र टांगा चालकसँग सशस्त्र प्रहरीले सीमा सुरक्षा तथा अपराध नियन्त्रणका विषयमा अन्तरक्रिया गरेको छ। आइतबार बिहान करिब एक सय जना चालकलाई भेला पारेर आयोजित कार्यक्रममा सीमा क्षेत्रमा हुने सम्भावित आपराधिक गतिविधि रोकथामबारे छलफल गरिएको हो।

content ad p2

कार्यक्रममा पर्साका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) पुरनचन्द्र भट्टले सीमा सुरक्षा सुदृढ गर्न स्थानीय नागरिकको भूमिका महत्वपूर्ण रहेको बताए। दैनिक रूपमा सीमा क्षेत्रमा आवतजावत गर्ने ई–रिक्सा, ट्याम्पु र टांगा चालकहरूले शंकास्पद गतिविधि देखेमा तुरुन्त सुरक्षा निकायलाई जानकारी गराउनुपर्नेमा उनले जोड दिए।

एसपी भट्टले सुरक्षा निकाय र स्थानीय समुदायबीच सहकार्य र विश्वास बढे मात्र अपराध नियन्त्रण प्रभावकारी हुने उल्लेख गरे।

यसै अवसरमा सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतानले यस्ता अन्तरक्रिया कार्यक्रमले सुरक्षा निकाय र नागरिकबीचको सम्बन्ध मजबुत बनाउने बताए। समुदायको सक्रिय सहभागिताबाट मात्र दिगो शान्ति र सुरक्षा सम्भव हुने उनको भनाइ थियो।

अन्तरक्रिया कार्यक्रममा सशस्त्र प्रहरी नायब उपरीक्षक पुरुषोत्तम भण्डारी, सञ्चारकर्मी अभिलाष गुप्तालगायतको सहभागिता रहेको थियो।

सम्बन्धित खबर

सभापति अजय सर्राफको पहलमा वीरगञ्जको जग्गा वर्गीकरण फाइल भूमि प्रशासन कार्यालय, पर्सामा दर्ता

लक्की खबर

देवानगञ्ज घटनापछि लहानमा तनाव, स्थिति नियन्त्रण गर्न प्रहरीले गर्‍यो हवाई फायर

लक्की खबर

धर्मभन्दा माथि राष्ट्रिय एकता : संसदमा नेता रहबर अन्सारीको सन्देश

लक्की खबर