Lucky-Khabar_

सुप्रिम सहकारी ठगी प्रकरणः पूर्व डीआईजी छविलाल जोशी ३ करोड धरौटीमा रिहा

काठमाडौँ । बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका नेपाल प्रहरीका पूर्व डीआईजी छविलाल जोशी तीन करोड रुपैयाँ धरौटीमा रिहा भएका छन्। उक्त प्रकरण राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग पनि जोडिएको छ।

content ad p2

यसअघि गत बिहीबार उच्च अदालतले रवि लामिछानेलाई बिगोबापत धरौटी लिएर रिहा गर्न आदेश दिएको थियो। सोही आदेशमा छविलाल जोशीले निवेदन दिएमा पुनर्विचार गर्न सकिने उल्लेख भएपछि उनका तर्फबाट शुक्रबार निवेदन दर्ता गरिएको थियो।

उच्च अदालतको आदेशअनुसार रूपन्देही जिल्ला अदालतले तीन करोड रुपैयाँ बराबरको बैंक जमानत बुझाएपछि जोशीलाई रिहा गरेको हो। जिल्ला अदालत रूपन्देहीका सूचना अधिकारी पदम अर्यालका अनुसार बैंक जमानत बुझाएपछि अदालतले जोशीलाई थुनामुक्त गरेको जनाएको छ।

यसअघि गत वर्ष माघ २८ गते रूपन्देही जिल्ला अदालतले सुप्रिम सहकारी ठगी प्रकरणमा संलग्न भएको आरोपमा छविलाल जोशीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो।

सम्बन्धित खबर

पर्सामा शान्ति–सुरक्षाबारे सर्वदलीय बैठक, सद्भाव कायम राख्न आग्रह

लक्की खबर

देवानगञ्ज घटनामा मृतकका परिवार र सरकारबीच ७ बुँदे सहमति

लक्की खबर

सभापति अजय सर्राफको पहलमा वीरगञ्जको जग्गा वर्गीकरण फाइल भूमि प्रशासन कार्यालय, पर्सामा दर्ता

लक्की खबर