काठमाडौं । सर्वपक्षीय सरकार गठनको माग गर्दै युवाहरुले सोमबार माइतीघरमा प्रदर्शन गरेका छन्। मिराज ढुंगानाको नेतृत्वमा भएको प्रदर्शनमा रविकिरण हमाल, निकोलस भुसाललगायत युवाहरु सहभागी थिए।

प्रदर्शनकारीले सर्वपक्षीय सरकार गठन भएपछि मात्रै निर्वाचन हुनुपर्ने माग गरेका छन्। उनीहरुले ‘जेन–जीको माग चुनाव होइन, सुशासन हो’ लेखिएको प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए।

प्रदर्शनका क्रममा प्रहरीले सहभागीहरुलाई नियन्त्रणमा लिएको छ।



