Lucky-Khabar_

पूर्वमन्त्री राजकुमार गुप्तालाई थुनामा राख्न विशेष अदालतको आदेश

वीरगञ्ज । पोखराको चर्चित लिचीबारी भ्रष्टाचार प्रकरणमा पूर्व सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न विशेष अदालतले आदेश दिएको छ।

बुधबार विशेष अदालतका न्यायाधीश सुदर्शनदेव भट्ट, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको संयुक्त इजलासले गुप्तालाई थुनामै राखेर सुनुवाइ अघि बढाउने निर्णय गरेको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार तत्कालीन मन्त्री गुप्ताले कास्कीस्थित मालपोत कार्यालयका प्रमुख अधिकारीको सरुवा रोकिदिने तथा भूमि आयोगमा सदस्य बनाइदिने आश्वासन दिँदै घरजग्गा व्यवसायीबाट ५३ लाख रुपैयाँ घुस लिएको प्रमाण फेला परेको छ। यही आधारमा उनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको थियो।

content ad p2

अख्तियारले गुप्ता र तत्कालीन नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष तथा पूर्वमन्त्री रञ्जिता श्रेष्ठबीच मिलेमतो भई पदको दुरुपयोग गरिएको र कार्य सुविधा उपलब्ध गराउने नाममा २५ लाख रुपैयाँ घुस लिएको अभियोग पनि लगाएको छ। आयोगले गत असोज २२ गते गुप्तासहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो, जसमा पूर्वमन्त्री श्रेष्ठसमेत प्रतिवादी छन्।

यस प्रकरणमा सार्वजनिक भएको अडिओ संवादपछि अख्तियारले अनुसन्धान अघि बढाएको हो। अडिओमा बिचौलियाले मन्त्री गुप्तासँग ‘पोखराको जग्गाले तपाईंलाई टुलुटुलु हेरेर बसेको छ, अहिले २५ लाख राख्नुस्, काम बनेपछि माझीकुनामा माछा खाउँला’ भन्ने अभिव्यक्ति दिएको सुनिन्छ।

विशेष अदालतको आदेशसँगै लिचीबारी भ्रष्टाचार प्रकरणले नयाँ मोड लिएको छ। अब गुप्ता थुनामै रहेर मुद्दाको सुनुवाइ अगाडि बढ्नेछ।

सम्बन्धित खबर

रास्वपा जगरनाथपुर–६ द्वारा शुभकामना आदानप्रदान तथा  जनगुनासो सुनुवाइ कार्यक्रम सम्पन्

लक्की खबर

जनताको समस्या सुन्न बहुबरी पुगे रास्वपाका सांसदहरू, कृषि, सिँचाइ, शिक्षा र स्वास्थ्यका विषयमा खुला छलफल

लक्की खबर

परोहा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण तालिका सार्वजनिक

लक्की खबर