Lucky-Khabar_

रास्वपा उम्मेदवार अरविन्द साहद्वारा बारा–३ टाँगिया बस्तीका समस्या समाधान गर्ने प्रतिबद्धता

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट बारा निर्वाचन क्षेत्र नम्बर–३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार इन्जिनियर अरविन्द साहले जितपुरसिमरा उपमहानगरपालिका–१६ स्थित टाँगिया बस्तीमा आइतबार घरदैलो तथा जनता दर्शन कार्यक्रम सम्पन्न गरेका छन्।

content ad p2

घरदैलो कार्यक्रमका क्रममा साहले स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गर्दै उनीहरूका समस्या, गुनासा र अपेक्षाहरू सुने। सो अवसरमा स्थानीयले टाँगिया बस्तीमा लामो समयदेखि कायम बसोबास, पूर्वाधार, शिक्षा, स्वास्थ्य तथा रोजगारीसँग सम्बन्धित समस्याहरू समाधान गर्न माग गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार साहले टाँगिया बस्तीका समस्या कुनै एक समुदायका मात्र नभई राज्यकै जिम्मेवारीको विषय भएको उल्लेख गरे। “निर्वाचित भएपछि यहाँका नागरिकले भोग्दै आएका आधारभूत समस्याहरू समाधानका लागि संसद्मा मजबुत रूपमा आवाज उठाउनेछु,” उनले प्रतिबद्धता व्यक्त गरे।

साहले बारा–३ लाई देशकै नमुना निर्वाचन क्षेत्र बनाउने लक्ष्यसहित आफू अघि बढेको बताए। उनले रोजगारी सिर्जना, शिक्षा र स्वास्थ्य सेवाको पहुँच तथा गुणस्तर सुधार, र युवालाई स्वरोजगारतर्फ उन्मुख गराउने योजनालाई प्राथमिकतामा राख्ने स्पष्ट पारे।

“राजनीतिलाई परिणाममुखी बनाउँदै जनताको जीवनस्तरमा प्रत्यक्ष परिवर्तन ल्याउनु मेरो उद्देश्य हो,” साहले भने, “विकास, सुशासन र अवसरको दृष्टिले बारा–३ लाई देशकै उदाहरणीय निर्वाचन क्षेत्र बनाउने सङ्कल्पका साथ म अघि बढेको छु।”

सम्बन्धित खबर

भारतीय एसएसबीले भत्कायो नेपाली भूमि सुस्तामा छिरेर निर्माणाधीन बाँध

लक्की खबर

रक्सौल आइपुग्यो युरिया मलको पहिलो खेप, आजै वीरगञ्ज भित्र्याइने तयारी

लक्की खबर

NRN युवती दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, इतिहासमा पहिलो गैरआवासीय नेपाली विजेता

लक्की खबर