Lucky-Khabar_

वीरगञ्जमा भएको विजया श्री लेमिनेट उद्योगमा भीषण आगलागी

वीरगञ्ज | पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–२१ स्थित लिपनीविर्ता (लिपनीमाल) मा रहेको **विजया श्री लेमिनेट प्रा.लि.** मा आज भीषण आगलागी भएको छ। उद्योगमा रहेको बोइलर च्याम्बर पड्किएपछि आगलागी सुरु भएको हुन सक्ने अनुमान स्थानीयवासीहरूले गरेका छन्।

content ad p2

आगलागीको सूचना प्राप्त हुनासाथ नेपाल प्रहरीको टोली घटनास्थलमा पुगेको छ। घटनास्थलमा खटिएका प्रहरी अधिकारीका अनुसार आगो अत्यन्तै भीषण रहेकाले नियन्त्रणका लागि थप जनशक्ति परिचालन गरिएको छ भने दुईवटा वारुण यन्त्रमार्फत आगो निभाउने कार्य जारी छ।

“आगलागीको खबर पाउनासाथ हामी घटनास्थलमा पुगेका छौँ। आगो नियन्त्रण बाहिर रहेकाले सम्बन्धित निकायहरूलाई थप सहयोगका लागि जानकारी गराइसकेका छौँ,” एक प्रहरी अधिकारीले बताए। उनका अनुसार वारुण यन्त्रहरू पूर्ण रूपमा परिचालन भएपछि आगो नियन्त्रणको प्रयास थप तीव्र बनाइनेछ।

हालसम्म आगलागी पूर्ण रूपमा नियन्त्रणमा नआएकाले मानवीय तथा भौतिक क्षतिको यकिन विवरण आउन सकेको छैन। यद्यपि आगलागीबाट उद्योगमा रहेका कच्चा पदार्थ र मेसिनरी उपकरणमा ठूलो क्षति पुगेको हुन सक्ने अनुमान गरिएको छ।

घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

सम्बन्धित खबर

भारतीय एसएसबीले भत्कायो नेपाली भूमि सुस्तामा छिरेर निर्माणाधीन बाँध

लक्की खबर

रक्सौल आइपुग्यो युरिया मलको पहिलो खेप, आजै वीरगञ्ज भित्र्याइने तयारी

लक्की खबर

NRN युवती दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, इतिहासमा पहिलो गैरआवासीय नेपाली विजेता

लक्की खबर