बिरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट पर्सा निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार बुद्धिप्रसाद (हरि) पन्तले सोमबार वीरगञ्ज–४ बिर्ता बजार क्षेत्रमा घरदैलो अभियान सञ्चालन गरेका छन्।

घरदैलो कार्यक्रमका क्रममा पन्तले स्थानीय मतदातासँग प्रत्यक्ष संवाद गर्दै उनीहरूका समस्या, गुनासा र सुझाव सुने। उनले स्थानीयवासीसँगको भेटघाटलाई प्राथमिकतामा राख्दै आफ्नो चुनावी एजेन्डाबारे जानकारी गराए।
कार्यक्रममा बोल्दै पन्तले विकास, सुशासन, रोजगारी, शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारलाई आफ्नो मुख्य प्राथमिकता रहेको बताए। उनले जनसहभागिताको महत्व औँल्याउँदै परिवर्तनका लागि जनतासँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।
घरदैलो अभियानप्रति स्थानीय मतदाताले सकारात्मक प्रतिक्रिया जनाएका छन्। उनीहरूले नयाँ सोच, ऊर्जाशील नेतृत्व र परिणाममुखी कार्यशैलीको अपेक्षासहित पन्तप्रति समर्थन व्यक्त गरेका छन्।
पन्तले आगामी दिनहरूमा पनि पर्सा–१ का विभिन्न क्षेत्रमा यस्ता घरदैलो तथा जनसंवाद कार्यक्रमलाई निरन्तरता दिने जानकारी दिएका छन्।


