Lucky-Khabar_

परवानीपुर आमाछोराको हत्यामा बुहारीकै योजनामा घटना भएको प्रहरीको खुलासा

वीरगञ्ज । बाराको परवानीपुरमा भएको आमाछोराको दोहोरो हत्या प्रकरणमा मृतक छोराकी श्रीमतीकै संलग्नतामा घटना भएको खुलेको छ। प्रहरीका अनुसार २७ वर्षीय रामेश्वर महतो मण्डल र उनकी ४८ वर्षीया आमा सुमित्रा मण्डलको हत्या योजनाबद्ध रूपमा गरिएको हो।

content ad p2

बुधबार मध्यराति भएको घटनाको अनुसन्धानका क्रममा रामेश्वरकी श्रीमती मनिताले आफ्नै श्रीमान् र सासुको हत्या गराउने योजना बनाएको पुष्टि भएको प्रहरीले जनाएको छ। घटनापछि मनितालाई घरबाटै पक्राउ गरिएको थियो। प्रारम्भिक सोधपुछमा उनले योजनाबद्ध रूपमा हत्या गराएको स्वीकार गरेको प्रहरीको भनाइ छ।

घटनामा मनिताकी २० वर्षीया नन्द रीना कुमारी मण्डल र ५४ वर्षीय ससुरा जगरुप महतो गम्भीर घाइते भएका छन्। आक्रमणको प्रतिकार गर्ने क्रममा उनीहरू घाइते भएको प्रहरीको भनाइ छ। दुवैको परवानीपुरस्थित एलएस न्युरो अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीले हत्या योजनामा संलग्न भएको आरोपमा प्रसौनी गाउँपालिका–७ बन्जरियाका २७ वर्षीय धर्मेन्द्र महतोलाई पनि पक्राउ गरेको छ। केही महिनाअघि वैदेशिक रोजगारीबाट फर्किएका धर्मेन्द्रलाई वीरगञ्जबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

अनुसन्धानका क्रममा मनिता र धर्मेन्द्रबीच प्रेम सम्बन्ध रहेको खुलेको छ। घटनामा धर्मेन्द्र बाहेक अन्य व्यक्तिको पनि संलग्नता हुनसक्ने आशंका प्रहरीले गरेको छ। धर्मेन्द्रको घर मनिताको माइती नजिकै रहेको बताइएको छ।

मनिता गत साउनदेखि काठमाडौंमा बस्दै आएकी थिइन्। माइती नगई काठमाडौंमै बसेकी उनी मंसिरमा परिवारको पहलमा घर फर्किएकी थिइन्। उनका दुई छोरी भने घरमै बस्दै आएका थिए।

प्रहरीका अनुसार हत्या गर्ने उद्देश्यले राति आएका प्रेमी तथा उनका सहयोगीलाई मनिताले पछाडिको ढोका खोलेर घरभित्र प्रवेश गराएको आशंका गरिएको छ। घटना भएपछि छिमेकीहरू पुगेका बेला घरभित्र दुई जनाको शव र दुई जना गम्भीर घाइते अवस्थामा फेला परेका थिए भने मनिता भने सकुशल थिइन्। आक्रमणमा संलग्न अन्य व्यक्ति फरार रहेको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

सम्बन्धित खबर

भारतीय एसएसबीले भत्कायो नेपाली भूमि सुस्तामा छिरेर निर्माणाधीन बाँध

लक्की खबर

रक्सौल आइपुग्यो युरिया मलको पहिलो खेप, आजै वीरगञ्ज भित्र्याइने तयारी

लक्की खबर

NRN युवती दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, इतिहासमा पहिलो गैरआवासीय नेपाली विजेता

लक्की खबर