Lucky-Khabar_

बाराको सिम्रौनगढ नगरपालिकाको नगरसभा स्थगित

सिम्रौनगढ| बाराको सिम्रौनगढ नगरपालिकामा आज बस्ने भनिएको नगरसभा स्थगित गरिएको छ। अदालतको फैसलाअनुसार एक महिनाभित्र नगरसभा आयोजना गर्नुपर्ने भएपछि आजका लागि सभा आह्वान गरिएको थियो।

तर तोकिएको समयमा नगरपालिका कार्यालयमा उप–प्रमुख नज्मु शेहर, दुई–तीन जना वडा अध्यक्ष र पाँच–सात जना वडा सदस्यबाहेक अन्य जनप्रतिनिधि तथा कर्मचारीको उपस्थिति नहुँदा नगरसभा सञ्चालन हुन नसकी स्थगित गरिएको हो।

content ad p2

यस विषयमा उप–प्रमुख नज्मु शेहरले नगर प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, लेखा अधिकृतलगायत अधिकांश वडा अध्यक्ष र वडा सदस्यको अनुपस्थितिका कारण सभा सञ्चालन सम्भव नभएको जानकारी दिनुभयो। साथै, निर्वाचन आचारसंहिताका कारण पनि नगरसभा नहुने जानकारी प्राप्त भएपछि सभा स्थगित गरिएको उहाँले बताउनुभयो।

उप–प्रमुख शेहरका अनुसार नगरसभा स्थगितसम्बन्धी सूचना नगर प्रमुख स्वयं उपस्थित भएर जानकारी गराउनुपर्ने भए पनि उहाँ उपस्थित नभएकोप्रति गुनासो व्यक्त गर्नुभयो।

सम्बन्धित खबर

परराष्ट्रमन्त्री खनाल र फ्रान्सेली राजदूतबीच शिष्टाचार भेट

लक्की खबर

वीरगञ्जमा महिलालाई तीनमहिने सिलाई कटाई तथा ब्युटिसियन तालिम

लक्की खबर

रास्वपा जगरनाथपुर–६ द्वारा शुभकामना आदानप्रदान तथा  जनगुनासो सुनुवाइ कार्यक्रम सम्पन्

लक्की खबर