Lucky-Khabar_

बाराको सिम्रौनगढ नगरपालिकाको नगरसभा स्थगित

सिम्रौनगढ| बाराको सिम्रौनगढ नगरपालिकामा आज बस्ने भनिएको नगरसभा स्थगित गरिएको छ। अदालतको फैसलाअनुसार एक महिनाभित्र नगरसभा आयोजना गर्नुपर्ने भएपछि आजका लागि सभा आह्वान गरिएको थियो।

तर तोकिएको समयमा नगरपालिका कार्यालयमा उप–प्रमुख नज्मु शेहर, दुई–तीन जना वडा अध्यक्ष र पाँच–सात जना वडा सदस्यबाहेक अन्य जनप्रतिनिधि तथा कर्मचारीको उपस्थिति नहुँदा नगरसभा सञ्चालन हुन नसकी स्थगित गरिएको हो।

content ad p2

यस विषयमा उप–प्रमुख नज्मु शेहरले नगर प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, लेखा अधिकृतलगायत अधिकांश वडा अध्यक्ष र वडा सदस्यको अनुपस्थितिका कारण सभा सञ्चालन सम्भव नभएको जानकारी दिनुभयो। साथै, निर्वाचन आचारसंहिताका कारण पनि नगरसभा नहुने जानकारी प्राप्त भएपछि सभा स्थगित गरिएको उहाँले बताउनुभयो।

उप–प्रमुख शेहरका अनुसार नगरसभा स्थगितसम्बन्धी सूचना नगर प्रमुख स्वयं उपस्थित भएर जानकारी गराउनुपर्ने भए पनि उहाँ उपस्थित नभएकोप्रति गुनासो व्यक्त गर्नुभयो।

सम्बन्धित खबर

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमको राष्ट्रिय समीक्षा सम्पन्न

लक्की खबर

पर्सा ट्राफिक प्रहरीको‘२ पाङ्ग्रे सवारी चालकसँग २ मिनेट’ अभियान, चालकलाई ट्राफिक नियमबारे सचेतना कार्यक्रम

लक्की खबर

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई राहदानी कसुर मुद्दामा पक्राउ

लक्की खबर