Lucky-Khabar_

पर्सा–१ का सयौँ युवा रास्वपामा प्रवेश

वीरगञ्ज | पर्सा निर्वाचन क्षेत्र नं. १ का सयौँ युवा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्। सोमबार वीरगञ्जको घण्टाघरस्थित क्लासिक ब्यांक्वेट प्यालेसमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनीहरू रास्वपामा आबद्ध भएका हुन्।

content ad p2

पार्टी प्रवेश गर्ने युवाहरूले देशलाई पुराना राजनीतिक दलका नेताहरूले बर्बाद गरेको आरोप लगाउँदै अब देशलाई सही दिशामा लैजान सक्ने विश्वासका साथ रास्वपामा प्रवेश गरेको बताएका छन्। “अब पुराना दलबाट सम्भव छैन, देशलाई राम्रो बनाउने आशा रास्वपाबाट देखेका छौँ,” सहभागी युवाहरूले बताए।

उक्त कार्यक्रम पर्सा–१ का रास्वपा उम्मेदवार हरि पन्तको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा रास्वपा जिल्ला सचिव सुदिप प्रजापति, रास्वपा पर्सा–१ का सभापति राम आर्य, नगर उपाध्यक्ष आशुतोष द्विवेदी, नगर सचिव गौतम श्रेष्ठलगायतको विशेष उपस्थिति रहेको थियो।

पार्टी प्रवेश गर्नेहरूमा निरज कुमार, आनन्द चौरसिया लगायत करिब १०० जना युवा रहेका छन्।

सम्बन्धित खबर

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमको राष्ट्रिय समीक्षा सम्पन्न

लक्की खबर

पर्सा ट्राफिक प्रहरीको‘२ पाङ्ग्रे सवारी चालकसँग २ मिनेट’ अभियान, चालकलाई ट्राफिक नियमबारे सचेतना कार्यक्रम

लक्की खबर

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई राहदानी कसुर मुद्दामा पक्राउ

लक्की खबर