Lucky-Khabar_

पर्साको बहुदरमाई –२ मा राप्रपा उम्मेदवार बिना जस्वाल कुर्मीको घरदैलो अभियान

वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत बहुदरमाई नगरपालिका वडा नम्बर २ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रतिनिधिसभा सदस्य उम्मेदवार बिना जस्वाल कुर्मीले आज घरदैलो कार्यक्रम सम्पन्न गरेकी छन्।

content ad p2

घरदैलो अभियानका क्रममा उम्मेदवार कुर्मीले स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै क्षेत्रका समस्या, आवश्यकता तथा जनचासोका विषयमा छलफल गरिन्। उनले विकास, सुशासन, रोजगारी, शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राख्दै संसद्मा जनताको आवाज सशक्त रूपमा उठाउने प्रतिबद्धता व्यक्त गरिन्।

स्थानीय बासिन्दाहरूले आधारभूत सेवा, सडक पूर्वाधार, खानेपानी तथा रोजगारीका विषयमा गुनासो राख्दै सकारात्मक परिवर्तनको अपेक्षा व्यक्त गरेका थिए।

कार्यक्रमका क्रममा कुर्मीले प्राप्त सुझाव र समर्थनप्रति आभार व्यक्त गर्दै आगामी दिनमा जनमुखी र उत्तरदायी राजनीति गर्ने बताइन्।

घरदैलो कार्यक्रममा राप्रपाका स्थानीय नेता–कार्यकर्ता तथा समर्थकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

सम्बन्धित खबर

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमको राष्ट्रिय समीक्षा सम्पन्न

लक्की खबर

पर्सा ट्राफिक प्रहरीको‘२ पाङ्ग्रे सवारी चालकसँग २ मिनेट’ अभियान, चालकलाई ट्राफिक नियमबारे सचेतना कार्यक्रम

लक्की खबर

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई राहदानी कसुर मुद्दामा पक्राउ

लक्की खबर