Lucky-Khabar_

बिरगंजमा बालेनको आगमन: भीड थामिनसक्नु, ट्राफिक जामले प्रशासनलाई हम्मे–हम्मे

बिरगंज । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बिरगंज आइपुग्दा सर्वसाधारणको उल्लेखनीय भीड देखिएको छ। उनको स्वागतका लागि सडकमा ओइरिएको जनसागरका कारण मुख्य बजार क्षेत्र र आसपासका सडकहरूमा लामो समयसम्म ट्राफिक जाम भएको थियो। भीड व्यवस्थापन गर्न प्रशासन र ट्राफिक प्रहरीलाई हम्मे–हम्मे परेको देखिएको थियो।

content ad p2

बालेनको आगमनसँगै “बालेन आउ, देश बचाउ” भन्ने नारा गुन्जिएको थियो। समर्थकहरूले देशको बेथिति अन्त्य गर्न बालेनले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए। आगमनमा बोल्दै बालेनले सुशासन, पारदर्शिता र विकासलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने धारणा व्यक्त गरेका थिए।

स्थानीय युवाहरूको उल्लेखनीय जनलहरको सहभागिताले बिरगंज बजार उत्साहजनक बनेको थियो। कतिपयले बिरगंजबाटै देशको बेथिति सुधारको सन्देश फैलिने आशा व्यक्त पनि गरे।

यसैबीच,अत्यधिक भीडका कारण केही समय यातायात प्रभावित बने पनि जनताको जनसागर शान्तिपूर्ण रूपमा सम्पन्न भएको प्रशासनले जनाएको छ।

सम्बन्धित खबर

हमासको हतियार बिसाउने सहमतिलाई पाकिस्तानको स्वागत

लक्की खबर

भारतीय अभिनेता विक्रान्त मास्से काठमाडौंमा

लक्की खबर

पर्सामा हिन्दूवादी सङ्गठनहरूले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिए

लक्की खबर