Lucky-Khabar_

किसान र कृषि आधुनिकीकरणमा जोड: पर्सा–१ मा जनमतका उम्मेदवार ओमप्रकाश सरार्फको घरदैलो, वडा–७ मा सम्पर्क कार्यालय सञ्चालन

बिरगंज|पर्सा निर्वाचन क्षेत्र नम्बर–१ बाट ओमप्रकाश सरार्फ ले घरदैलो अभियानलाई तीव्रता दिएका छन्। जनमत पार्टी का तर्फबाट उम्मेदवार रहेका उनले वीरगञ्ज महानगरपालिका वडा नम्बर–१४ पिप्रामा घरदैलो, भेटघाट तथा प्रत्यक्ष संवाद कार्यक्रम सम्पन्न गरेका हुन्।

content ad p2

कार्यक्रममा बोल्दै सरार्फले तराई–मधेसको प्रमुख आयस्रोत कृषि भएको उल्लेख गर्दै राज्यले किसानप्रति समय–समयमा विभेदपूर्ण व्यवहार गरेको आरोप लगाए। उनले किसानको सम्मान र अधिकारका लागि जनमत पार्टी सधैं प्रतिबद्ध रहेको बताए। आधुनिक प्रविधि र व्यवसायिक सोचमार्फत किसानलाई सक्षम बनाउँदै आम्दानी वृद्धि गर्ने स्पष्ट योजना आफ्नो पार्टीसँग मात्र रहेको उनको दाबी थियो।

सरार्फले वीरगञ्जस्थित कृषि औजार कारखानालाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याउने प्रतिबद्धता दोहोर्‍याउँदै मधेस र देशको समग्र निकासका लागि डा. सिके राउत को नेतृत्व तथा जनमत पार्टीको दृष्टिकोण आवश्यक रहेको उल्लेख गरे। आगामी निर्वाचनमा ‘हर्न’ चुनाव चिन्हमा मतदान गरी आफूलाई विजयी बनाउन उनले मतदातासमक्ष अपिल पनि गरे।

यसैबीच वडा नम्बर–७ मा समर्थकहरूले वडा स्तरीय प्रचार–प्रसार तथा सम्पर्क कार्यालय सञ्चालनमा ल्याएका छन्।

कार्यक्रममा बिध्याला प्रसाद, रम्भा मिश्रा, समानुपातिक उम्मेदवार बिजय पासवान, डा. मनोज कुमार, सिए देवराज, श्याम शंकर चौरसिया, अनिता रौनियार, सिकेन्द्र पटेल, रोहित पटेल, सत्युग साह, तुल्सिराम, सहनवाज राकी, अजित सिंह, मन्जय शर्मा, सुमित सिंह, रामबहादुर पासवान लगायत स्थानीय नेता तथा कार्यकर्ताको उल्लेखनीय सहभागिता रहेको थियो।

सरार्फले विकास, कृषि आधुनिकीकरण, किसान सशक्तिकरण र मधेसको समग्र उत्थानलाई आफ्नो मुख्य एजेण्डा बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

सम्बन्धित खबर

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमको राष्ट्रिय समीक्षा सम्पन्न

लक्की खबर

पर्सा ट्राफिक प्रहरीको‘२ पाङ्ग्रे सवारी चालकसँग २ मिनेट’ अभियान, चालकलाई ट्राफिक नियमबारे सचेतना कार्यक्रम

लक्की खबर

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई राहदानी कसुर मुद्दामा पक्राउ

लक्की खबर