बिरगंज ।पर्सा क्षेत्र नम्बर–१ का उम्मेदवार हरि पन्तलाई मनियारिमा स्थानीयवासीले भव्य स्वागत गरेका छन्। पूर्व मन्त्री प्रदीप यादवको गाउँका रूपमा परिचित मनियारिमा आयोजित घरदैलो तथा मतदाता भेटघाट कार्यक्रममा पन्तलाई उत्साहजनक समर्थन प्राप्त भएको हो।
रास्वपाका पर्सा सभापति समेत रहेका पन्त मतदातासँग प्रत्यक्ष संवाद गर्न मनियारि पुगेका थिए। भेटघाटका क्रममा स्थानीयहरूले क्षेत्रका आधारभूत समस्या, विकासका आवश्यकता तथा देशको समग्र राजनीतिक, आर्थिक र सामाजिक अवस्थाबारे आफ्ना जिज्ञासा र सुझाव राखेका थिए।
उम्मेदवार पन्तले रास्वपालाई विजयी गराएर आफ्नो क्षेत्रलाई केन्द्र सरकारसँग प्रत्यक्ष समन्वय र सहकार्यमा जोड्ने प्रतिबद्धता व्यक्त गरे। उनले परिवर्तनका लागि नयाँ राजनीतिक शक्तिलाई अवसर दिन आग्रह गरे। कार्यक्रममा ठूलो संख्यामा स्थानीयवासीको सहभागिता रहेको थियो।
कार्यक्रममा महानगर सहसचिव मुन्ना साहसहित सन्तोष यादव, चन्देश्वर साह, सुदर्शन यादव, अजय राम, रञ्जित यादव, विवेक यादव, विजय साह, राजकिशोर यादव, ललन पटेललगायतका स्थानीय नेताहरूको उपस्थिति रहेको थियो।
यसैबीच आइतबार बेलवा, ज्योति स्पिनिङ र श्रीपुर क्षेत्रमा गरी एक हजारभन्दा बढी व्यक्ति रास्वपामा प्रवेश गरेका छन्। बेलवामा रामप्रीत यादव, रमेश्वर यादव, मुन्नीलाल साह, सन्देश कुशवाह राज, किशोर महतो, हबिस मियाँ, अलख राउत, शिवनारायण बैथा, योगेन्द्र मिश्र र हजरल मियाँको नेतृत्वमा पार्टी प्रवेश भएको हो।

त्यसैगरी बिरगंज-११(श्रीपुर)मा जसपा युवा संघका सचिव त्रिनेश गिरी, गजेन्द्र महतो, अजय महतो, धिरज साह, सुनिल महतो र विवेक ठाकुरको नेतृत्वमा सयौं जनाले रास्वपा प्रवेश गरे। कार्यक्रम रास्वपा पर्सा एकको सभापति राम आर्य सभापतितित्व भएको थियो तथा ज्योति स्पिनिङ क्षेत्रमा अवध किशोर यादव र रामनरेश यादवको नेतृत्वमा कार्यकर्ताहरू रास्वपामा प्रवेश गरेका छन्।



