गौर । गौरमा भड्किएको साम्प्रदायिक झडप प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा गौर नगरपालिका–६ सवगढाका शेख जमशेद रहेका छन्।
प्रहरीका अनुसार जमशेद जनमत पार्टी का जिल्ला संयोजक तथा सोही वडाका पूर्व अध्यक्ष हुन्। दुई समुदायबीच सवगढाबाट सुरु भएको विवादमा उनको संलग्नता रहेको आशंकामा प्रहरीले उनलाई घरबाटै नियन्त्रणमा लिई अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालयमा बुझाएको जनाएको छ। प्रहरी स्रोतले घटनासँग सम्बन्धित केही प्रमाण फेला परेको दाबी गरेको छ।

बिहीबार साँझ मस्जिद नजिकैबाट जन्तीको गाडी गुज्रिएपछि सुरु भएको विवादले पछि हिंसात्मक रूप लिएको थियो। शुक्रबार दिनभर तनावपूर्ण अवस्था रहेपछि प्रशासनले दुवै पक्षबीच ६ बुँदे सहमति गराएको थियो। तर शनिबार बिहान पुनः सवगढा क्षेत्रमा झडप भड्किएको हो।
झडपमा हालसम्म १० जना सामान्य घाइते भएका छन् भने २० जनालाई पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी दिनेश सागर भूसालले जानकारी दिएका छन्। घटनाका क्रममा ७ वटा मोटरसाइकल र १ वटा जीपमा आगजनी गरिएको छ।
स्थिति नियन्त्रणमा लिन प्रहरीले ५० भन्दा बढी अश्रुग्यास प्रहार गर्नुका साथै दर्जनौँ राउण्ड हवाइ फायर गरेको जनाएको छ। हाल रौतहट का विभिन्न स्थानमा



