बिरगंज| पर्सा निर्वाचन क्षेत्र नं. १ मा चुनावी सरगर्मी बढ्दै जाँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो गतिविधि तीव्र पारेको छ। रास्वपा पर्सा सभापति हरि पन्तले वीरगन्ज महानगरपालिका–१५, रामनगर चौक (भिस्वा) मा पार्टीको सम्पर्क कार्यालय उद्घाटन गरेका छन्।

उद्घाटन कार्यक्रममा रास्वपा क्षेत्रीय सभापति राम आर्य, उपसभापति श्याम गुप्ता, निर्वाचन वडा कमिटी अध्यक्ष संयोग सिंह लगायत स्थानीय नेता–कार्यकर्ता, युवाहरू तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।

सो अवसरमा सभापति पन्तले वैकल्पिक राजनीति, पारदर्शिता र सुशासनलाई आफ्नो मुख्य एजेन्डा बनाउँदै जनताको प्रत्यक्ष सहभागितामा आधारित राजनीति अघि बढाउने प्रतिबद्धता व्यक्त गरे। उनले पर्सा–१ मा संगठन विस्तार, घरदैलो अभियान तथा जनसम्पर्क कार्यक्रमलाई थप प्रभावकारी बनाइने जानकारी समेत दिए।त्यस्तै आफ्नो छोटो मन्तव्यमा क्षेत्रीय सभापति आर्यले,”अब हामि सबै मिलेर अब समाजमा रहेको बेथिति र कुशासनलाई खतम पार्ने काम रास्वले गर्छ भनि बताए |”
रास्वपाले रामनगर चौकस्थित सम्पर्क कार्यालयलाई चुनावी समन्वय, सुझाव संकलन तथा स्थानीय नागरिकसँग प्रत्यक्ष संवादको केन्द्रका रूपमा प्रयोग गर्ने जनाएको छ।


