Lucky-Khabar_

करोडौँको ठगी र सम्पत्ति शुद्धीकरणको मुद्दा टिकटकर तुलसा अधिकारीमाथि

, काठमाडौँ । सामाजिक सञ्जाल टिकटक मार्फत चर्चामा आएकी तुलसा अधिकारीविरुद्ध ठगी, आपराधिक विश्वासघात तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी गम्भीर आरोपमा अनुसन्धान अघि बढाइएको छ।

content ad p2

सातदोबाटोस्थित ‘हाम्रो अटोमोबाइल्स’ का सञ्चालक कुमार चिमोरियाले गत साउनमा दिएको जाहेरीका आधारमा अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ। उजुरीअनुसार अधिकारीमाथि ४ करोड रुपैयाँभन्दा बढी रकम ठगी गरेको आरोप छ। उक्त उजुरी नेपाल प्रहरी अन्तर्गतको प्रहरी वृत्त सातदोबाटोमा दर्ता गरिएको थियो।

प्रारम्भिक अनुसन्धानका क्रममा उनको बैंक खातामा अस्वाभाविक तथा ठूलो परिमाणको आर्थिक कारोबार देखिएको स्रोतको दाबी छ। आम्दानीको स्रोत र बैंक मौज्दातबीच स्पष्ट अन्तर देखिएपछि अनुसन्धानलाई सम्पत्ति शुद्धीकरणको कोणबाट पनि अघि बढाइएको एक प्रहरी अधिकारीले बताएका छन्। अवैध रूपमा आर्जित धन वैध बनाउने प्रयास भएको हुनसक्ने आशंकामा वित्तीय कारोबारको थप विश्लेषण भइरहेको जनाइएको छ।

यसैबीच, अधिकारी हाल चीनमा बसिरहेको र त्यहाँबाट सामाजिक सञ्जालमार्फत पीडितलाई धम्की तथा चरित्रहत्या गर्ने प्रयास गरेको आरोपसमेत लागेको छ। प्रविधिको दुरुपयोग गर्दै विदेशबाटै दबाब सिर्जना गर्ने गतिविधि भएको दाबी प्रहरीको छ।

ठूलो परिमाणको आर्थिक कारोबारसँग सम्बन्धित यो प्रकरण व्यक्तिगत विवादभन्दा बाहिर गएर संगठित आर्थिक अपराधको रूप लिनसक्ने देखिएकाले अनुसन्धानको दायरा फराकिलो बनाइएको छ। आवश्यक परे अन्तर्राष्ट्रिय समन्वयमार्फत उनलाई कानुनी प्रक्रियामा ल्याउने तयारीसमेत भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित खबर

हमासको हतियार बिसाउने सहमतिलाई पाकिस्तानको स्वागत

लक्की खबर

भारतीय अभिनेता विक्रान्त मास्से काठमाडौंमा

लक्की खबर

पर्सामा हिन्दूवादी सङ्गठनहरूले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिए

लक्की खबर