Lucky-Khabar_

तेल ट्याङ्करमा बस ठोक्किँदा १३ जना घाइते

१८ चैत, वीरगञ्ज । वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको यात्रुबाहक बस नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ दासढुंगामा तेल ट्याङ्करसँग ठोक्किँदा १३ जना घाइते भएका छन्।

content ad p2

प्रहरीका अनुसार ना ६ ख ७०३६ नम्बरको बसले सडक किनारमा रोकिराखिएको ना ४ ख २५०३ नम्बरको तेल ट्याङ्करलाई ठक्कर दिएको हो।

दुर्घटनापछि घाइतेहरूलाई तत्काल उद्धार गरी भरतपुरस्थित नेशनल सिटी अस्पतालमा उपचारका लागि पठाइएको थियो। अस्पताल स्रोतका अनुसार घाइतेमध्ये केहीको अवस्था सामान्य, केहीको मध्यम तथा दुई जनाको अवस्था गम्भीर रहेको छ।

इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक प्रतिक सिंहका अनुसार दुर्घटनापछि बस चालक र ट्याङ्कर चालक दुवै फरार रहेका छन्। उनीहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

 

सम्बन्धित खबर

हमासको हतियार बिसाउने सहमतिलाई पाकिस्तानको स्वागत

लक्की खबर

भारतीय अभिनेता विक्रान्त मास्से काठमाडौंमा

लक्की खबर

पर्सामा हिन्दूवादी सङ्गठनहरूले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिए

लक्की खबर