Lucky-Khabar_

नेशनल मेडिकल कलेज बिरगंजद्वारा “Run for Health, Run for Life” नारासहित हेल्थ म्याराथन सम्पन्न

राम आर्य
वीरगञ्ज |नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जद्वारा “Run for Health, Run for Life” नारासहित आयोजना गरिएको हेल्थ म्याराथन कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। उक्त कार्यक्रम स्पोर्ट्स वीक २०८२ अन्तर्गत सञ्चालन गरिएको हो।

स्वास्थ्यप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित म्याराथनमा विद्यार्थी, शिक्षक, स्वास्थ्यकर्मी तथा स्थानीय बासिन्दाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। बिहान ६:३० बजेबाट सुरु भएको कार्यक्रम ७:०० बजे औपचारिक रूपमा फ्ल्याग अफ गरिएको थियो।

कार्यक्रम कलेजका प्रबन्ध निर्देशक शहनवाज अन्सारीको अध्यक्षतामा सम्पन्न भएको थियो। प्रमुख अतिथिका रूपमा सशस्त्र प्रहरी बल (APF) १३ गणका एसपी मोहन बहादुर क्षेत्री सहभागी भएका थिए। त्यसैगरी विशेष अतिथिहरूमा वीरगञ्ज आर्मी ब्यारेक प्रमुख लोकेन्द्र कार्की, जिल्ला ट्राफिक प्रमुख तथा पर्सा खेलकुद विकास समितिका रेफ्री विशेष्वर पटेलको उपस्थिति रहेको थियो।

content ad p2

कार्यक्रममा एडमिशन अफेयर्स तथा मार्केटिङ डाइरेक्टर अबिद हुसैन अन्सारी, अस्पताल निर्देशक डा. इशरत जहाँ अन्सारी, प्रमुख सूचना अधिकृत इ. प्रदीप कुमार चौधरी लगायतको उपस्थिति रहेको थियो। साथै मार्केटिङ, प्रशासन तथा सञ्चार क्षेत्रका प्रतिनिधिहरूको पनि सक्रिय सहभागिता देखिएको थियो।

म्याराथनलाई सुरक्षित र व्यवस्थित बनाउन राष्ट्रिय एथलेटिक्स प्रशिक्षक विशेष्वर पटेलले वार्मअप तथा सुरक्षा निर्देशन दिएका थिए। सहभागीहरूको सुरक्षाका लागि एस्कर्ट टोली, ट्राफिक व्यवस्थापन तथा एम्बुलेन्स सेवा (चलायमान र स्ट्यान्डबाइ) को प्रभावकारी व्यवस्था गरिएको थियो। साथै विभिन्न स्थानमा सहायता केन्द्र स्थापना गरी प्राथमिक उपचार, पानी तथा आवश्यक सहयोग प्रदान गरिएको थियो।

म्याराथनको समापन NMCTH परिसर (गोलम्बर नं. २, बास्केटबल कोर्ट) मा गरिएको थियो, जहाँ पदक वितरण कार्यक्रम पनि सम्पन्न भयो।
प्रतियोगिताको नतिजाअनुसार—
पुरुषतर्फ: अनिल श्रेष्ठ प्रथम, स्यामसन श्रीस द्वितीय, सन्जु सिंह बस्नेत तृतीय
महिलातर्फ: बिपना प्रथम, अलिशा खातिन द्वितीय, करुणा तृतीय
फ्याकल्टीतर्फ: डा. प्रशान्त ठाकुर प्रथम, डा. विशाल द्वितीय, डा. आदित्य राज तृतीय
स्टाफतर्फ:सगीर हुसैन प्रथम, सञ्जय द्वितीय, धनञ्जय मण्डल तृतीय

नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल ले स्वास्थ्य सेवा, शिक्षा तथा सामाजिक उत्तरदायित्वका कार्यक्रममार्फत समाजप्रति आफ्नो प्रतिबद्धता निरन्तर रूपमा प्रस्तुत गर्दै आएको जनाएको छ।

सम्बन्धित खबर

हरिखेतान क्याम्पसको विवाद हिंसात्मक : दुई पक्राउ, पठनपाठन प्रभावित

लक्की खबर

पुरानो रिसइबीमा दाजुभाइको हत्या, मुख्य आरोपीसहित ६ जना पक्राउ

लक्की खबर

व्यापारिक घरानाबाट ‘भू–माफिया’ छवितर्फ केडिया ? अर्बौंको सरकारी तथा निजी सम्पत्तिमाथि दाबी, प्रतिष्ठा जोगाउने कि विवादमा डुब्ने ?

लक्की खबर