Lucky-Khabar_

बिरगंजमा ट्राफिक सचेतना अभियान तीव्र: ला.प.से. चेकजाँचमा ३ चालक कारबाहीमा

राम आर्य

content ad p2

वीरगञ्ज । सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले विशेष चेकजाँच अभियान सञ्चालन गरेको छ।

 

 

 

 

 

 

 

 

 

 

 

 

मिति २०८२ चैत २० गते बिहान ८:०० देखि १०:०० बजेसम्म वीरगञ्ज महानगरपालिका–गण्डकस्थित पथलैया–वीरगञ्ज सडक खण्डमा ‘लापसे तथा मापसे’ (लागू पदार्थ तथा मदिरा सेवन) चेकजाँच कार्यक्रम सञ्चालन गरिएको हो। कार्यक्रममा नारायणी अस्पताल वीरगञ्जका चिकित्सकहरूको समेत सहकार्य रहेको थियो।

चेकजाँचका क्रममा सो सडक खण्डमा सञ्चालनमा रहेका साना, ठूला, निजी तथा सार्वजनिक सवारी साधनका ३४ जना चालकहरूको परीक्षण गरिएको थियो। परीक्षणका क्रममा ३ जना चालकले लागू पदार्थ सेवन गरेको भेटिएपछि उनीहरूलाई आवश्यक कारबाहीका लागि वडा प्रहरी कार्यालय श्रीपुर, पर्सामा पठाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

कारबाहीमा परेका चालकहरूमा बौधिमाई नगरपालिका–१ रौतहटका २९ वर्षीय जितेन्द्र कुमार साह (ना १ ज ५७४४ सुमो), जितपुर उपमहानगरपालिका–२३ का २२ वर्षीय रिजवान हुसेन (ना ६ ख १२९ ट्रक) र वीरगञ्ज महानगरपालिका–२१ पटेर्वाका २१ वर्षीय पितम पटेल (ज १ ज ३७८ मेजिक) रहेका छन्।

ट्राफिक प्रहरीले यस्ता चेकजाँचलाई आगामी दिनहरूमा अझ सशक्त बनाउँदै लैजाने र सवारी चालकलाई सचेत रहन आग्रह गरेको छ।

सम्बन्धित खबर

देवानगञ्ज घटनामा मृतकका परिवार र सरकारबीच ७ बुँदे सहमति

लक्की खबर

सभापति अजय सर्राफको पहलमा वीरगञ्जको जग्गा वर्गीकरण फाइल भूमि प्रशासन कार्यालय, पर्सामा दर्ता

लक्की खबर

देवानगञ्ज घटनापछि लहानमा तनाव, स्थिति नियन्त्रण गर्न प्रहरीले गर्‍यो हवाई फायर

लक्की खबर