बिरगञ्ज । वीरगञ्ज महानगरपालिका–२१ परवानीपुरमा Rastriya Swatantra Party (रास्वपा) का पदाधिकारीहरूले अगुवा कार्यकर्तासँग हिजो २४गते मंगलबार साझ भेटघाट तथा चिया–चर्चा कार्यक्रम सम्पन्न गरेका छन्।

कार्यक्रममा पार्टीका नेताहरूले स्थानीय कार्यकर्ताहरूसँग समसामयिक राजनीतिक विषयमा छलफल गर्नुका साथै उनीहरूको सुझाव सङ्कलन गरेका थिए। साथै परवानीपुर क्षेत्रका विभिन्न स्थानीय समस्या र चुनौतीहरूबारे पनि गम्भीर रूपमा कुराकानी गरिएको थियो।

उक्त कार्यक्रममा पर्सा–१ का क्षेत्रीय सभापति राम आर्य, वीरगञ्ज महानगर समितिका सभापति अमन आलम, सचिव गौतम श्रेष्ठ तथा वडा नम्बर २१ का रास्वपा प्रतिनिधिहरू शेख अली, उत्तम पटेल, दिपेश कुशवाहा, प्रदीप गुप्ता र सरोज महतो लगायत कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

भेटघाट कार्यक्रमको मुख्य उद्देश्य स्थानीय तहमा पार्टी सङ्गठनलाई थप सुदृढ बनाउने, चिया–चर्चामार्फत सुशासन र पार्टीका एजेन्डामाथि खुला बहस गर्ने तथा वडा स्तरमा पार्टी गतिविधि विस्तारका लागि कार्यकर्ताहरूबाट सुझाव सङ्कलन गर्ने रहेको जनाइएको छ।
यस्ता कार्यक्रमहरूले रास्वपालाई स्थानीय तहमा अझ सक्रिय, सशक्त र जनमुखी बनाउने लक्ष्य लिएको आयोजकले बताएका छन्।


