Lucky-Khabar_

विद्यालय जग्गामा बनेका घरटहरा हटाउन १० दिने अल्टिमेटम, अटेर गरे डोजर चल्ने।

रौतहट जिल्लाको ईशनाथ नगरपालिका वडा नं ७, जोकहा घिउरास्थित श्री विशेश्वर प्रसाद कोइराला आदर्श माध्यमिक विद्यालयको सार्वजनिक जग्गामा निर्माण गरिएका पक्की घर तथा टहरा हटाउन १० दिने सूचना जारी गरिएको छ।

content ad p2

विद्यालय प्रशासन र स्थानीय सरकारले सार्वजनिक सम्पत्तिको संरक्षण गर्न यो कदम चालेको बुझिएको छ। सूचनामा अतिक्रमण हटाएर विद्यालयको जग्गा सुरक्षित राख्नु सबैको दायित्व भएको उल्लेख छ।

१० दिने म्याद सकिएपछि नगरपालिकाले अनुगमन गरी अटेर गर्ने संरचनामा डोजर चलाउने तयारी गरेको छ।

सम्बन्धित खबर

विश्व तेली दिवसमा रसुवा बाढीपीडितका लागि १ लाख ५१ हजार सहयोग

लक्की खबर

माईस्थान युवा क्लबको आठौँ गणेश पूजा महोत्सव सांसद कानुद्वारा समुद्घघाटन ,पुजा भव्य रूपमा सुरु

लक्की खबर

रसुवा बाढीपीडितका लागि सांसद कानु मार्फत गहवामाई तीर्थ विकास क्षेत्र समितिद्वारा रु. २ लाख ११ हजार सहयोग

लक्की खबर