वीरगञ्ज (पर्सा)।“रक्तदान जीवनदान हो” भन्ने सन्देशलाई आत्मसात गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साको आयोजनामा भव्य रक्तदान कार्यक्रम भएको छ। कार्यक्रममा १००० भन्दा बढी महान् मन भएका व्यक्तिहरूको सहभागिता रहको थिए।

मानव सेवाको उच्च भावनासहित आयोजना हुन लागेको यस कार्यक्रमलाई ऐतिहासिक पहलका रूपमा लिइएको छ। रक्त अभावका कारण ज्यान गुमाउनुपर्ने अवस्थालाई न्यूनीकरण गर्न यस्तो अभियानले ठूलो योगदान पुर्याउने विश्वास गरिएको छ। 
कार्यक्रममा प्रमुख उपस्थिति रूपमा रास्वपाका केन्द्रीय सदस्य डा. नन्दन यादव, पर्सा क्षेत्र नम्बर १ का सांसद तथा रास्वपा पर्साको सभापति हरि पन्त र उपसभापति तुलसा अधिकारीको रहेका थिए।
आयोजकका अनुसार, यस अभियानमार्फत संकलित रगतले हजारौँ बिरामीहरूको जीवन बचाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। साथै, युवाहरूमा सामाजिक उत्तरदायित्व र मानव सेवाप्रतिको भावना अभिवृद्धि गर्ने लक्ष्य पनि लिइएको छ।
रास्वपा पर्साले सम्पूर्ण नागरिकलाई कार्यक्रममा सहभागी भई रक्तदान गर्न तथा अरूलाई पनि प्रेरित गर्न आग्रह गरेको छ।
“थोरै रक्त, ठूलो जीवन” भन्ने मूल नारासहित सञ्चालन हुने यस अभियानले समाजमा सकारात्मक सन्देश फैलाउने विश्वास गरिएको छ।



