Lucky-Khabar_

‘लालीबजार’चलचित्र विवादः सेन्सर बोर्डको सक्कल फाइल झिकाउन उच्च अदालतको आदेश

काठमाडौँ । प्रदर्शनको तयारीमा रहेको चलचित्र लालीबजार सम्बन्धी विवादमा उच्च अदालत पाटन ले केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) का सक्कल कागजात झिकाउन आदेश दिएको छ।

content ad p2

न्यायाधीशद्वय गीताप्रसाद तिम्सिना र दीपक खनाल को संयुक्त इजलासले मंगलबार सुनुवाइ गर्दै चलचित्रलाई प्रदर्शन अनुमति दिँदाको सम्पूर्ण प्रक्रिया र निर्णयसम्बन्धी कागजात पेश गर्न निर्देशन दिएको हो। अदालतका सूचना अधिकारी गोविन्दप्रसाद कोइराला का अनुसार सेन्सर बोर्डले अपनाएको प्रक्रिया र निर्णयको आधार बुझ्न फाइल माग गरिएको हो।

यसअघि जारी गरिएको अन्तरिम आदेशलाई निरन्तरता दिँदै अदालतले चलचित्रको प्रदर्शनमा बुधबारसम्म रोक लगाएको छ। चलचित्रका केही दृश्य र संवादप्रति आपत्ति जनाउँदै रोशनी नेपाली ले दायर गरेको रिटका आधारमा अदालतले १५ वैशाखमै प्रदर्शन रोक्न आदेश दिएको थियो।

निर्देशक यम थापा द्वारा निर्देशित उक्त चलचित्र १८ वैशाखदेखि प्रदर्शनमा ल्याउने तयारी थियो। अब भने यसको प्रदर्शन भविष्य बुधबार हुने बहस र अदालतको अन्तिम निर्णयमा निर्भर रहने देखिएको छ।

सम्बन्धित खबर

भारतीय राजदूत नवीन श्रीवास्तवलाई वीरगञ्जमा बिदाइ

लक्की खबर

बाढीपीडितका लागि शंकर ग्रुपको ४ करोड सहयोग, २ हजार ५ सय टार्पोलिन टेन्ट वितरण

लक्की खबर

पर्सागढी–४ मा कंस वध मेला–२०८३ सुरु:प्रमुख अथिति सांसद साहद्वारा उद्घाटन

लक्की खबर