Lucky-Khabar_

वीरगञ्जको चिनी कारखानाको हत्या भएको छ र हत्याराहरू बजारमै घुमिरहेका छन् : सभापति रहबर अन्सारी

२२ वैशाख, वीरगञ्ज । उद्योग तथा वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समितिका सभापति रहबर अन्सारीले वीरगञ्ज चिनी कारखाना योजनाबद्ध रूपमा बन्द गरिएको आरोप लगाउँदै त्यसलाई “हत्या”को संज्ञा दिएका छन्।

content ad p2

मंगलबार उद्योग मन्त्री र सचिवलाई ध्यानाकर्षण गराउँदै उनले कारखाना बन्द हुनु सामान्य प्रक्रिया नभई चलखेल र षड्यन्त्रको परिणाम भएको दाबी गरे। उनका अनुसार कारखाना बन्द हुँदा कर्मचारी र उखु किसान दुवै ठूलो मारमा परेका छन्, जबकि निजी चिनी उद्योगहरूले यसको फाइदा उठाइरहेका छन्।

“कारखानाको हत्या भएको हो, यसको जिम्मेवार व्यक्ति अझै पनि बजारमै खुलेआम घुमिरहेका छन्,” अन्सारीले भने। उनले दोषी पहिचान गरी कारबाही गर्न र पीडितलाई न्याय दिन सरकारसँग माग गरेका छन्।

अन्सारीले चिनी उद्योग क्षेत्रमा आर्थिकभन्दा राजनीतिक प्रभाव हाबी भएको टिप्पणी गरे। उद्योगीहरूले व्यापारीसँग अग्रिम रकम लिने तर किसानलाई समयमै भुक्तानी नगर्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने उनको भनाइ छ।

उनले नेपालमा चिनी उत्पादन कम हुनुका साथै गुणस्तर पनि कमजोर रहेको उल्लेख गर्दै यसले बजारमा समस्या सिर्जना गरेको बताए।

औद्योगिक प्रदूषणप्रति पनि उनले गम्भीर चिन्ता व्यक्त गरे। स्थानीय क्षेत्रमा क्यान्सर र स्ट्रोकजस्ता रोग बढिरहेको दाबी गर्दै उनले बिहानको समयमा हावाको अवस्था समेत खराब देखिने उल्लेख गरे। यस विषयमा सम्बन्धित मन्त्रालयले तत्काल कदम चाल्नुपर्ने उनको माग छ।

यस्तै, उद्योगहरूले सार्वजनिक जग्गा तथा खोलानालामाथि अतिक्रमण गरेको आरोप लगाउँदै उनले स्थानीय प्रशासन र सुरक्षा निकाय प्रभावकारी हुन नसकेको टिप्पणी गरे। अतिक्रमित संरचना हटाउन विशेष टोली खटाउनुपर्ने उनको सुझाव छ।

भन्सार नाकामा हुने ढिलासुस्ती र अनियमितता नियन्त्रण गर्न एक्सरे स्क्यानर जडान गरी छिटो जाँच प्रणाली लागू गर्नुपर्ने उनले बताए। यसबाट चोरी पैठारी नियन्त्रण हुनुका साथै व्यवसायीलाई पनि सहजता मिल्ने उनको विश्वास छ।

समग्र समस्या समाधानका लागि सरकारले तत्काल पहल गर्नुपर्ने उल्लेख गर्दै अन्सारीले संसदीय समितिको तर्फबाट आवश्यक सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका छन्।

सम्बन्धित खबर

परोहा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण तालिका सार्वजनिक

लक्की खबर

सम्भावित चक्रवातको जोखिम : पर्सामा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर

नेकपाले एमालेसँग पार्टी एकता नगर्ने, ‘जनताको आलोचना सुन्न’ गाउँ फर्कने

लक्की खबर