सरुवा हुनेहरूमा मानव स्रोत व्यवस्थापन शाखाका प्रहरी निरीक्षक अमृतबहादुर बस्नेत सीआईबीको बैंकिङ कसुर अनुसन्धान शाखा, लाजिम्पाटमा, अपराध नियन्त्रण तथा अनुसन्धान शाखाका शैलेन्द्रकुमार खड्का इलाका प्रहरी कार्यालय धनौरा ढोडरी, बर्दियामा तथा शान्ति सुरक्षा तथा प्रहरी कार्य शाखाका रवीन्द्र अधिकारी जिल्ला प्रहरी परिसर ललितपुरमा सरुवा भएका छन्।
त्यस्तै, इलाका प्रहरी कार्यालय ठोरीका प्रमुख अविनाश अधिकारी बागमती प्रदेश प्रहरी गण, हेटौँडामा सरुवा भएका छन् भने प्रकाश थापाको दरबन्दी इलाका प्रहरी कार्यालय सिमरामै कायम गरिएको छ।



