Lucky-Khabar_

रवि लामिछानेविरुद्धको सङ्गठित अपराध अभियोग हट्यो, सहकारी ठगी मुद्दा भने यथावत्

काठमाडौं । काठमाडौँ जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने विरुद्ध लगाइएको सङ्गठित अपराधसम्बन्धी अभियोग फिर्ता लिन अनुमति दिएको छ।

content ad p2

शुक्रबार न्यायाधीश आत्मदेव जोशीको इजलासले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३६ बमोजिम लामिछानेसहितका प्रतिवादीमाथि लगाइएको सङ्गठित अपराधसम्बन्धी अभियोग हटाउन आदेश दिएको हो।

जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले सुमन खनाललगायतको जाहेरीका आधारमा दर्ता भएको सहकारी ठगी तथा सङ्गठित अपराधसम्बन्धी मुद्दामा अभियोगपत्र संशोधन गर्न अदालतसमक्ष निवेदन दिएको थियो। अदालतले उक्त निवेदन स्वीकार गर्दै सङ्गठित अपराधसम्बन्धी अभियोग फिर्ता लिन अनुमति दिएको हो।

अदालतको आदेशसँगै रवि लामिछानेविरुद्धको सङ्गठित अपराधको अभियोग हटेको छ। तर, सहकारी ठगीसम्बन्धी अभियोग भने यथावत् रहेको अदालतले स्पष्ट गरेको छ। यसका कारण सहकारी ठगी मुद्दामा कानुनी प्रक्रिया भने निरन्तर अघि बढ्नेछ।

कानुनी क्षेत्रका जानकारहरूले अदालतको यो निर्णयलाई उक्त मुद्दाको महत्वपूर्ण मोडका रूपमा व्याख्या गरेका छन्। सङ्गठित अपराधको अभियोग हटेपछि लामिछानेमाथिको आरोपको दायरा साँघुरिएको भए पनि सहकारी ठगीसम्बन्धी मुद्दाको अन्तिम टुंगो भने अदालतको आगामी प्रक्रियाबाट लाग्नेछ।

सम्बन्धित खबर

भारतीय राजदूत नवीन श्रीवास्तवलाई वीरगञ्जमा बिदाइ

लक्की खबर

बाढीपीडितका लागि शंकर ग्रुपको ४ करोड सहयोग, २ हजार ५ सय टार्पोलिन टेन्ट वितरण

लक्की खबर

पर्सागढी–४ मा कंस वध मेला–२०८३ सुरु:प्रमुख अथिति सांसद साहद्वारा उद्घाटन

लक्की खबर