Lucky-Khabar_

रास्वपा महाधिवेशनः निर्वाचन प्रक्रियालाई निष्पक्ष बनाउन २२ सदस्यीय समिति गठन

काठमाडौं, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो प्रथम राष्ट्रिय महाधिवेशनको निर्वाचन प्रक्रिया निष्पक्ष, पारदर्शी र व्यवस्थित रूपमा सम्पन्न गर्न २२ सदस्यीय विशेष निर्वाचन संरचना गठन गरेको छ।

content ad p2

पार्टीको केन्द्रीय निर्वाचन आयोगले महाधिवेशनको सम्पूर्ण निर्वाचन व्यवस्थापनका लागि १० सदस्यीय केन्द्रीय निर्वाचन आयोग तथा त्यसअन्तर्गत कार्य गर्ने १२ सदस्यीय ‘राष्ट्रिय महाधिवेशन निर्वाचन समिति–२०८३’ गठन गरेको जनाएको छ।

केन्द्रीय निर्वाचन आयोगको प्रमुखमा भुवन केसी रहेका छन् भने डा. राम गुरुङ उपप्रमुखको जिम्मेवारीमा छन्। आयोगका सदस्यहरूमा कुमार आनन्द मिश्र, नारायण प्रसाद प्याकुरेल, सुमित्रा पण्डित, गोकुल सापकोटा, निश्चल सिंह भण्डारी, बिपी दाहाल, सौरेन्द्र बहादुर शाह तथा सुदन प्रसाद ज्ञवाली रहेका छन्।

महाधिवेशनको स्थलगत निर्वाचन व्यवस्थापनका लागि गठित १२ सदस्यीय राष्ट्रिय महाधिवेशन निर्वाचन समितिमा वीरेन्द्र केएम, गणेशदत्त भट्ट, डा. दिनेश महतो, आयुष्मा अर्याल, भूपेन्द्रराज बस्नेत, मिलन कार्की, सार्थक भट्टराई र रामकुमार खतिवडा चयन भएका छन्। समितिलाई प्राविधिक तथा प्रशासनिक सहयोग पुर्‍याउन शुभराज शिल्पकार, सेनु लामा तामाङ, राजेन्द्र कुमार श्रेष्ठ र मुकेश झालाई समेत परिचालन गरिएको छ।

निर्वाचन आयोगका प्रमुख भुवन केसीले महाधिवेशनलाई पूर्ण लोकतान्त्रिक पद्धति अनुरूप सम्पन्न गराउन आयोग तथा समिति दुवैले तटस्थ, निष्पक्ष र प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

चितवनस्थित भरतपुर मा आजदेखि सुरु भएको तीनदिने महाधिवेशनमा नयाँ नेतृत्व चयन प्रमुख एजेन्डाका रूपमा रहेको छ। निर्वाचनसम्बन्धी सम्पूर्ण कार्य यही समितिमार्फत सञ्चालन हुने र महाधिवेशनलाई सफल तथा मर्यादित बनाउन आवश्यक सबै तयारी पूरा गरिएको पार्टीले जनाएको छ।

रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशनलाई पार्टीको संगठनात्मक सुदृढीकरण र भावी नेतृत्व चयनको महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।

सम्बन्धित खबर

जनताको भरोसाले रास्वपाको नेतृत्वमा सरकार, अपेक्षाअनुसार परिणाम दिने प्रतिबद्धता: महामन्त्री बुर्लाकोटि

लक्की खबर

रास्वपा मधेसमा विवाद चुलियो, झा र यादवमाथि अधिवेशन प्रभावित पारेको आरोप

लक्की खबर

रवि लामिछानेविरुद्धको सङ्गठित अपराध अभियोग हट्यो, सहकारी ठगी मुद्दा भने यथावत्

लक्की खबर