Lucky-Khabar_

वीरगञ्जमा २५/२५ मिटर सडक विस्तार अभियान पुनः सुरु, कृषि औजार कारखानाको गेटबाट संरचना हटाउन थालियो

वीरगञ्ज वीरगञ्ज महानगरपालिकाले लामो समयदेखि रोकिएको २५/२५ मिटर सडक विस्तार अभियान शुक्रबारदेखि पुनः सुरु गरेको छ। अभियानअन्तर्गत आज बिहानदेखि कृषि औजार कारखानाको मुख्य गेट क्षेत्रबाट सडक मिचेर निर्माण गरिएका संरचना हटाउने कार्य सुरु गरिएको हो।

content ad p2

महानगरपालिकाले डोजर प्रयोग गरी सडकको अधिकार क्षेत्रभित्र रहेका पर्खाल, टहरा तथा अन्य अवैध संरचना हटाउन थालेको जनाएको छ। सडक विस्तारलाई प्रभावकारी बनाउन नगर प्रहरी, नेपाल प्रहरी तथा सम्बन्धित प्राविधिक टोली परिचालन गरिएको छ।

महानगरपालिकाका अनुसार सडकलाई दुवैतर्फ २५/२५ मिटर कायम गर्ने योजनाअनुसार सार्वजनिक सडक क्षेत्र अतिक्रमण गरी बनाइएका संरचना हटाउने अभियान चरणबद्ध रूपमा सञ्चालन हुनेछ। यसअघि पनि सुरु गरिएको अभियान विभिन्न कारणले रोकिएको थियो।सडक विस्तार भएपछि यातायात व्यवस्थापन सहज हुने, ट्राफिक जाम कम हुने तथा भविष्यमा बढ्दो सवारी चापलाई व्यवस्थापन गर्न सहयोग पुग्ने महानगरपालिकाको विश्वास छ।

यद्यपि, केही स्थानीय व्यवसायी तथा घरधनीले आफ्नो संरचना हटाइँदा क्षति हुने भन्दै असन्तुष्टि जनाएका छन्। महानगरपालिकाले भने कानुनबमोजिम सार्वजनिक सडक क्षेत्र खाली गराउने कार्यलाई निरन्तरता दिइने जनाएको छ।वीरगञ्जको मुख्य सडकलाई व्यवस्थित, सुरक्षित र फराकिलो बनाउने उद्देश्यले सञ्चालन गरिएको यो अभियान आगामी दिनमा अन्य क्षेत्रमा पनि विस्तार गरिने महानगरपालिकाले जनाएको छ।

सम्बन्धित खबर

विशेष अदालतको फैसला : वीरगञ्जका मेयर राजेशमान सिंहसहित सात जनाले पाए सफाइ

लक्की खबर

प्याब्सन पर्सा र प्याब्सन बीरगञ्जको आयोजनामा संविधान दिवसमा विद्यार्थीका लागि वक्तृत्वकला प्रतियोगिता आयोजना हुने

लक्की खबर

बैरगनियामा बौद्धिक परिषद् रौतहटका अध्यक्ष झामाथि कुटपिटको आरोप

लक्की खबर