Lucky-Khabar_

बरियारपुरमा भैंसी–गाई पालन प्रवर्द्धन कार्यक्रम मन्त्री श्याम पटेलद्वारा उदघाटन

बारा| महागढीमाई। महागढीमाई नगरपालिका–२, बरियारपुरस्थित श्री सबल कृषि तथा पशुपालन कृषक समूहद्वारा आयोजित भैंसी तथा गाई पालन प्रवर्द्धनसम्बन्धी उद्घाटन समारोह सम्पन्न भएको छ।

content ad p2

कार्यक्रमका प्रमुख अतिथि मधेस प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्याम पटेलले कृषि र पशुपालन क्षेत्रलाई व्यावसायिक तथा आत्मनिर्भर बनाउन प्रदेश सरकारले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको उल्लेख गर्दै कृषकलाई आधुनिक प्रविधि, उत्पादन वृद्धि तथा आयआर्जनमा केन्द्रित हुन आग्रह गरे।

कार्यक्रममा नेपाली कांग्रेस बारा जिल्ला सचिव भैयाराम यादव विशिष्ट अतिथिका रूपमा सहभागी भएका थिए। त्यस्तै, महागढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र यादवले नगरपालिकाले कृषकको उत्पादन वृद्धि, पशुपालन व्यवसाय विस्तार तथा कृषि क्षेत्रको आधुनिकीकरणका लागि आवश्यक सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

उद्घाटन समारोहमा स्थानीय जनप्रतिनिधि, कृषक, समाजसेवी तथा स्थानीयवासीको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले पशुपालन व्यवसायलाई थप प्रभावकारी र व्यावसायिक बनाउने विषयमा छलफल गर्दै यस्ता कार्यक्रमले स्थानीय कृषकको आर्थिक अवस्था सुदृढ बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए।

आयोजक श्री सबल कृषि तथा पशुपालन कृषक समूहले भैंसी तथा गाई पालनमार्फत स्थानीय कृषकको आयआर्जन वृद्धि, रोजगारी सिर्जना तथा दुग्ध उत्पादन बढाउने उद्देश्यका साथ कार्यक्रम सञ्चालन गरिएको जनाएको छ।

सम्बन्धित खबर

जेनजी पर्साद्वारा धादिङका बाढीपीडित २०० परिवारलाई राहत वितरण

लक्की खबर

रसुवास्थित चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा ठूला ढुंगा, ८ कामदारको खोजी जारी

लक्की खबर

हरितालिका तीजमा पशुपतिनाथका चारै ढोका बिहान ३ बजेदेखि खुला हुने

लक्की खबर