Lucky-Khabar_

रौतहटका गढीमाई नगरपालिकाका मेयर श्यामप्रसाद यादवसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं|अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको गढीमाई नगरपालिकाका नगर प्रमुख श्यामप्रसाद यादव सहित चार जनाविरुद्ध विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले आर्थिक वर्ष २०७६/०७७ मा समनपुरघाटको बालुवा, गिट्टी तथा ग्राभेल उत्खनन तथा बिक्रीसम्बन्धी ठेक्कामा राजस्व चुहावट भएको अभियोगमा मंगलबार आरोपपत्र दायर गरेको हो।

content ad p2

आयोगका अनुसार ठेक्का सम्झौतामा तोकिएको रकम पूर्ण रूपमा दाखिला नगराई झुटा बैंक भौचर तथा विवरणका आधारमा सम्झौता सदर गरिएको, साथै सम्झौता विपरीत नदीजन्य पदार्थको उत्खनन गर्न अनुमति दिइएको अनुसन्धानबाट खुलेको छ। यसबाट २ करोड ५७ लाख ६२ हजार रुपैयाँ बराबरको सरकारी राजस्व हिनामिना भएको आरोप लगाइएको छ।

मुद्दा दायर गरिएकामा नगर प्रमुख श्यामप्रसाद यादव, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत सुभाषकुमार ठाकुर, तत्कालीन राजस्व शाखा प्रमुख बालकिशोर राय तथा ठेक्का लिएको भाग्यमणी कन्स्ट्रक्सन प्रालिका प्रतिनिधि राधेश्याम साह रहेका छन्। आयोगले उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐनअनुसार बिगो असुल, जरिवाना तथा कैद सजायको मागदाबी गरेको छ।

अख्तियारले सार्वजनिक गरेको आरोपपत्रअनुसार ठेक्का प्रक्रियामा मिलेमतो गरी नगरपालिकालाई प्राप्त हुनुपर्ने राजस्व नोक्सानी पुर्‍याइएको निष्कर्ष निकालिएको छ। अब उक्त मुद्दामाथि विशेष अदालतमा कानुनी प्रक्रिया अघि बढ्नेछ।

सम्बन्धित खबर

जेनजी पर्साद्वारा धादिङका बाढीपीडित २०० परिवारलाई राहत वितरण

लक्की खबर

रसुवास्थित चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा ठूला ढुंगा, ८ कामदारको खोजी जारी

लक्की खबर

हरितालिका तीजमा पशुपतिनाथका चारै ढोका बिहान ३ बजेदेखि खुला हुने

लक्की खबर