Lucky-Khabar_

वीरगञ्जलाई सफा र व्यवस्थित बनाउन ‘एक्सन टिम’को नेतृत्व सरफुद्दिन मियाँलाई

वीरगञ्ज। वीरगञ्ज महानगरपालिकाले सहरलाई सफा, सुन्दर, हराभरा तथा व्यवस्थित बनाउने उद्देश्यले गठन गरेको ‘एक्सन टिम’को नेतृत्व सरसफाइ प्रमुख सरफुद्दिन मियाँलाई जिम्मेवारी दिएको छ।

content ad p2

सोमबारदेखि जिम्मेवारी सम्हालेका मियाँको नेतृत्वमा सहरका विभिन्न क्षेत्रमा विशेष सरसफाइ अभियान सञ्चालन गरिनेछ। साथै, सडकपेटी (फुटपाथ) अतिक्रमण हटाउने अभियानलाई पनि प्रभावकारी रूपमा अघि बढाइने वीरगञ्ज महानगरपालिकाका कार्यवाहक प्रमुख इम्तियाज आलमले जानकारी दिनुभयो।

जिम्मेवारी हस्तान्तरणका क्रममा कार्यवाहक प्रमुख आलमले सहरमा कुनै पनि प्रकारको फोहोर र अतिक्रमण हुन नदिन एक्सन टिमलाई कडा निर्देशन दिनुभएको छ। महानगरपालिकाले सञ्चालन गरिरहेका सेवा तथा विकासका काममा कुनै कमजोरी हुन नदिन पनि उहाँले सचेत गराउनुभएको छ।

उहाँका अनुसार अभियान मुख्य सडकमा मात्र सीमित रहने छैन। महानगरका सबै ३२ वटै वडामा सरसफाइ, अतिक्रमण नियन्त्रण तथा सार्वजनिक स्थल व्यवस्थापनलाई प्राथमिकताका साथ अघि बढाइनेछ।

कार्यवाहक प्रमुख आलमले महानगरको गरिमा कायम राख्दै नागरिकको स्वास्थ्य, सहज आवागमन र दैनिक जीवनसँग जोडिएका समस्यालाई ध्यानमा राखेर नागरिकमैत्री तथा परिणाममुखी ढंगले काम गर्न एक्सन टिमलाई निर्देशन दिनुभएको छ।

महानगरपालिकाले यस अभियानमार्फत दीर्घकालीन रूपमा सफा, व्यवस्थित र अतिक्रमणमुक्त वीरगञ्ज निर्माण गर्ने लक्ष्य लिएको जनाएको छ।

सम्बन्धित खबर

जेनजी पर्साद्वारा धादिङका बाढीपीडित २०० परिवारलाई राहत वितरण

लक्की खबर

रसुवास्थित चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा ठूला ढुंगा, ८ कामदारको खोजी जारी

लक्की खबर

हरितालिका तीजमा पशुपतिनाथका चारै ढोका बिहान ३ बजेदेखि खुला हुने

लक्की खबर