Lucky-Khabar_

गोल्डेन फ्युचर सहकारी १९औँ वर्षमा प्रवेश, सेवा विस्तार र नयाँ भवनबाट सञ्चालनको तयारी

वीरगञ्ज । गोल्डेन फ्युचर बचत तथा ऋण सहकारी संस्था लिमिटेडले स्थापना भएको १८ वर्ष पूरा गरी १९औँ वर्षमा प्रवेश गरेको अवसरमा विशेष कार्यक्रम आयोजना गर्दै १८औँ वार्षिकोत्सव मनाएको छ।

content ad p2

संस्थाका अध्यक्ष राजकुमार गुप्ताको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सचिव कन्हैया पटेल, कोषाध्यक्ष चन्द्रिका शाह, सञ्चालक सदस्यहरू हरिशंकर कानु, दिपेश कुमार कर्ण र अमित शाह, व्यवस्थापक दीपक कुमार चौधरी, कर्मचारी तथा बजार प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रममा अध्यक्ष, सचिव र कोषाध्यक्षले संयुक्त रूपमा केक काटेर वार्षिकोत्सव मनाएका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै सचिव कन्हैया पटेलले विद्यार्थी जीवनमा साथीहरूबीच नास्ता खर्चबाट बचत गरिएको प्रतिव्यक्ति पाँच–पाँच सय रुपैयाँबाट सुरु भएको संस्था आज करोडौँ रुपैयाँ पुँजी भएको सहकारीका रूपमा स्थापित भएको बताए। संस्थाको सफलतामा संस्थापक, कर्मचारी, शेयर सदस्य तथा सेवाग्राहीको विश्वास र साथ महत्वपूर्ण रहेको उनले उल्लेख गरे।

उनले सहकारीले बचत गर्ने संस्कृतिको विकास, साना व्यवसायी तथा उद्यमीलाई सहज वित्तीय पहुँच उपलब्ध गराउने तथा सदस्यहरूको आर्थिक–सामाजिक उन्नयनमा निरन्तर योगदान पुर्‍याउँदै आएको बताए। आगामी दिनमा पनि आधुनिक, पारदर्शी र विश्वसनीय सेवा प्रदान गर्ने प्रतिबद्धता उनले व्यक्त गरे।

व्यवस्थापक दीपक कुमार चौधरीले कोरोना महामारीजस्ता चुनौतीपूर्ण समयमा पनि सहकारीले सदस्य तथा सेवाग्राहीलाई निरन्तर सेवा प्रदान गर्दै विश्वास कायम राख्न सफल भएको बताए। संकटका बेला सदस्यहरूको साथमा उभिन सक्नु संस्थाको महत्वपूर्ण उपलब्धि भएको उनको भनाइ थियो।

अध्यक्ष राजकुमार गुप्ताले १९औँ वर्षमा प्रवेशसँगै संस्थाले सेवा विस्तारलाई थप प्रभावकारी बनाउने योजना अघि बढाएको जानकारी दिए। उनका अनुसार हाल वीरगञ्ज–६ आदर्शनगरस्थित सराफ मार्केटबाट सञ्चालन हुँदै आएको संस्था आगामी श्रावण महिनादेखि वीरगञ्ज महानगरपालिका–८, लिङ्क रोडस्थित नयाँ तथा सुविधासम्पन्न भवनबाट सञ्चालन हुनेछ।

नयाँ भवनबाट सेवा सुरु भएपछि सदस्य तथा सेवाग्राहीले अझ सहज, सुरक्षित, छिटो र गुणस्तरीय वित्तीय सेवा प्राप्त गर्ने विश्वास व्यक्त गर्दै अध्यक्ष गुप्ताले डिजिटल सेवा विस्तार, संस्थागत सुशासन, पारदर्शिता तथा सदस्यमैत्री सेवामा थप जोड दिइने बताए।

कार्यक्रमका वक्ताहरूले सहकारी केवल बचत तथा ऋण कारोबारमा सीमित नरही सदस्यहरूको आर्थिक सशक्तीकरण, स्वरोजगार प्रवर्द्धन, उद्यमशीलता विकास तथा सामाजिक उत्तरदायित्व निर्वाह गर्ने प्रभावकारी माध्यम बनेको धारणा व्यक्त गरे। उनीहरूले संस्थाको सफलतामा योगदान पुर्‍याउने सम्पूर्ण संस्थापक, शेयर सदस्य, बचतकर्ता, ऋणी, कर्मचारी तथा शुभेच्छुकप्रति आभार व्यक्त गर्दै आगामी दिनमा अझ उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता जनाए।

१८ वर्षको सफल यात्रा पूरा गर्दै १९औँ वर्षमा प्रवेश गरेको गोल्डेन फ्युचर बचत तथा ऋण सहकारीले सेवा विस्तार, प्रविधिमैत्री प्रणाली, सुशासन र सदस्यकेन्द्रित कार्यशैलीमार्फत आफूलाई अझ विश्वासिलो र उदाहरणीय सहकारीका रूपमा स्थापित गर्ने लक्ष्य लिएको जनाएको छ।

सम्बन्धित खबर

भारतीय राजदूत नवीन श्रीवास्तवलाई वीरगञ्जमा बिदाइ

लक्की खबर

बाढीपीडितका लागि शंकर ग्रुपको ४ करोड सहयोग, २ हजार ५ सय टार्पोलिन टेन्ट वितरण

लक्की खबर

पर्सागढी–४ मा कंस वध मेला–२०८३ सुरु:प्रमुख अथिति सांसद साहद्वारा उद्घाटन

लक्की खबर