Lucky-Khabar_

जाजरकोटमा पहिरोले घर पुरिँदा आमाको मृत्यु, छोरी र नातिनी घाइते

काठमाडौं| जाजरकोटमा अविरल वर्षापछि गएको पहिरोले घर पुरिँदा एक महिलाको मृत्यु भएको छ भने उनकी छोरी र नातिनी घाइते भएका छन्।

content ad p2

गएराति परेको लगातार वर्षापछि भेरी नगरपालिका–२ राङसीमा घरमाथिबाट खसेको पहिरोले घर पुरिँदा ६० वर्षीया जयशिला शाहको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।

प्रहरीका अनुसार पहिरोमा परी जयशिलाकी ४० वर्षीया छोरी मेनुका शाह (थापा) र ७ वर्षीया नातिनी टिका थापा सामान्य घाइते भएका छन्। स्थानीयवासी र प्रहरीको संयुक्त टोलीले उनीहरूको उद्धार गरी उपचारका लागि अस्पताल पठाएको छ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी प्रहरी निरीक्षक सुधिरकुमार खड्काका अनुसार घटना राति परिवार सुतिरहेको बेला भएको हो। अविरल वर्षासँगै आएको पहिरोले घर पुरिँदा जयशिलाको ज्यान गएको र अन्य दुई जना घाइते भएका हुन्।

लगातार वर्षाका कारण जाजरकोटसहित मध्यपहाडी क्षेत्रका विभिन्न स्थानमा पहिरोको जोखिम बढेकाले आवश्यक सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ।

सम्बन्धित खबर

भारतीय राजदूत नवीन श्रीवास्तवलाई वीरगञ्जमा बिदाइ

लक्की खबर

बाढीपीडितका लागि शंकर ग्रुपको ४ करोड सहयोग, २ हजार ५ सय टार्पोलिन टेन्ट वितरण

लक्की खबर

पर्सागढी–४ मा कंस वध मेला–२०८३ सुरु:प्रमुख अथिति सांसद साहद्वारा उद्घाटन

लक्की खबर