Lucky-Khabar_

एक वर्षका लागि १५ अर्बको ऋणपत्र नेपाल राष्ट्र बैंकले जारी गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्ने उद्देश्यले सोमबार १५ अर्ब रुपैयाँ बराबरको एक वर्षे अवधिको ऋणपत्र जारी गर्ने भएको छ।

content ad p2

राष्ट्र बैंकका अनुसार उक्त ऋणपत्रका लागि आज दिउँसो ३ बजे बोलकबोल (अक्सन) सञ्चालन गरिनेछ। बोलकबोलमा सहभागी हुने संस्थाले न्यूनतम ५ करोड रुपैयाँ बराबरको आवेदन दिनुपर्नेछ भने अधिकतम रकम कुल आह्वान गरिएको १५ अर्ब रुपैयाँसम्म, ५ करोड रुपैयाँले भाग जाने गरी प्रस्ताव गर्न सकिनेछ।

बोलकबोलमा निक्षेप रकमसँगै प्रस्तावित ब्याजदर (दशमलवपछि चार अंकसम्म)उल्लेख गर्नुपर्ने व्यवस्था गरिएको छ। यस उपकरणको ब्याजदर प्रतिस्पर्धात्मक बोलकबोलमार्फत निर्धारण हुनेछ र एउटै संस्थाले फरक–फरक ब्याजदरमा बहुबोलकबोल पनि गर्न सक्नेछ।

ऋणपत्रको सावाँ तथा ब्याज अर्धवार्षिक रूपमा भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।यस बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन्।

राष्ट्र बैंकले यस्ता उपकरणमार्फत बैंकिङ प्रणालीमा रहेको अतिरिक्त तरलता व्यवस्थापन गर्दै मुद्रा बजारमा सन्तुलन कायम गर्ने प्रयास गर्दै आएको छ।

सम्बन्धित खबर

भारतीय राजदूत नवीन श्रीवास्तवलाई वीरगञ्जमा बिदाइ

लक्की खबर

बाढीपीडितका लागि शंकर ग्रुपको ४ करोड सहयोग, २ हजार ५ सय टार्पोलिन टेन्ट वितरण

लक्की खबर

पर्सागढी–४ मा कंस वध मेला–२०८३ सुरु:प्रमुख अथिति सांसद साहद्वारा उद्घाटन

लक्की खबर