Lucky-Khabar_

सुनको मूल्यमा २८ सय रुपैयाँको गिरावट, प्रतितोला २ लाख ८५ हजार २ सय

काठमाडौं |नेपाली बजारमा सोमबार सुनको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सोमबार छापावाल सुनको मूल्य प्रतितोला २ हजार ८ सय रुपैयाँले घटेको हो।

content ad p2

यससँगै छापावाल सुनको कारोबार मूल्य प्रतितोला २ लाख ८५ हजार २ सय रुपैयाँ कायम भएको छ। आइतबार सुन प्रतितोला २ लाख ८८ हजार रुपैयाँमा कारोबार भएको थियो।

यता, चाँदीको मूल्य पनि सामान्य घटेको छ। महासंघका अनुसार सोमबार चाँदीको मूल्य प्रतितोला १ सय रुपैयाँले घटेर ४ हजार ३७५ रुपैयाँ कायम भएको छ। आइतबार चाँदी प्रतितोला ४ हजार ४७५ रुपैयाँ मा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको उतारचढावको प्रभाव नेपाली बजारमा पनि देखिएको व्यवसायीहरू बताउँछन्। त्यसका कारण सोमबार सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको हो।

सम्बन्धित खबर

भारतीय राजदूत नवीन श्रीवास्तवलाई वीरगञ्जमा बिदाइ

लक्की खबर

बाढीपीडितका लागि शंकर ग्रुपको ४ करोड सहयोग, २ हजार ५ सय टार्पोलिन टेन्ट वितरण

लक्की खबर

पर्सागढी–४ मा कंस वध मेला–२०८३ सुरु:प्रमुख अथिति सांसद साहद्वारा उद्घाटन

लक्की खबर