Lucky-Khabar_

अलपत्र विकास आयोजना तत्काल सम्पन्न गर्न शाह नवाज आलमको सार्वजनिक अपिल

रौतहट । राजपुर नगरपालिकाको डमारदेखि भिल्लाको सेलरसम्मको सडक स्तरोन्नतिलगायत विभिन्न विकास आयोजना लामो समयदेखि अलपत्र परेको भन्दै नगरप्रमुख पदका भावी उम्मेदवार शाह नवाज आलमले सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउँदै सार्वजनिक अपिल जारी गरेका छन्।

content ad p2

आलमले अपिलमार्फत सघन सहरी तथा भवन निर्माण आयोजना, पर्सा–वीरगञ्जमार्फत सञ्चालन हुने डमार–भिल्ला सेलर सडक स्तरोन्नति, पानीटंकी हाटबजार निर्माण तथा पोखरी सौन्दर्यीकरणलगायतका योजनाको शिलान्यास २०७९ चैत ९ गते तत्कालीन सहरी विकास मन्त्रालयका सचिवले राजपुर नगरपालिकाका नगरप्रमुखको उपस्थितिमा गरेको स्मरण गराएका छन्।

उनका अनुसार शिलान्यास भएको लामो समय बितिसक्दा पनि आवश्यक समन्वय, अनुगमन र निर्माण कार्यले अपेक्षित गति लिन नसक्दा अधिकांश आयोजना अलपत्र अवस्थामा पुगेका छन्। विशेषगरी सडक निर्माण सम्पन्न नहुँदा सडक अत्यन्त जीर्ण बनेको र स्थानीयवासीले दैनिक आवतजावतमा ठूलो सास्ती व्यहोर्नुपरेको उनले बताएका छन्।

आलमले राजपुर नगरपालिका र सघन सहरी तथा भवन निर्माण आयोजना, पर्सा–वीरगञ्जबीच प्रभावकारी समन्वय गरी निर्माण कार्य तत्काल अघि बढाउन आग्रह गरेका छन्। साथै वर्षायामलाई मध्यनजर गर्दै सडकको तत्काल मर्मत, निर्माण तथा प्रभावकारी पानी निकासको व्यवस्था मिलाई स्थानीयवासीका लागि सुरक्षित, सहज र व्यवस्थित आवतजावत सुनिश्चित गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।

‘जनताको सुविधा नै पहिलो प्राथमिकता हो,’ भन्दै उनले विकास आयोजनालाई राजनीतिक विषयभन्दा माथि उठाएर जनहितका लागि समयमै सम्पन्न गर्नुपर्नेमा जोड दिएका छन्।

उता, स्थानीयवासीले पनि लामो समयदेखि अधुरा रहेका सडक तथा अन्य पूर्वाधार आयोजनाको निर्माण यथाशीघ्र सम्पन्न गरी सर्वसाधारणले भोग्दै आएको सास्तीको अन्त्य गर्न सरकार तथा सम्बन्धित निकायले प्रभावकारी पहल गर्नुपर्ने माग दोहोर्‍याउँदै आएका छन्।

सम्बन्धित खबर

सरकारलाई २४ घण्टे अल्टिमेटम, माग पूरा नभए विनय यादव आमरण अनशनमा बस्ने

लक्की खबर

प्रधानमन्त्री बालन शाहलाई भारत भ्रमणको निम्तो

लक्की खबर

स्वास्थ्यकर्मीमाथि आक्रमणको विरोधमा आन्दोलन चर्कियो, नारायणी अस्पतालका ६५ चिकित्सकको सामूहिक राजीनामा

लक्की खबर