Lucky-Khabar_

कल्पना पटवारी र चन्दन प्रजापतिको स्वरमा ‘चुडी जब खनखन करे लागेला’ सार्वजनिक

वीरगञ्ज । चर्चित भोजपुरी गायिका कल्पना पटवारी र वीरगञ्जका कलाकार चन्दन प्रजापतिको स्वरमा रहेको नयाँ भोजपुरी गीत ‘चुडी जब खनखन करे लागेला’ सोमबार सार्वजनिक गरिएको छ।

content ad p2

वीपीसी कलेजको सभाहलमा आयोजित विशेष कार्यक्रममा गीतको औपचारिक विमोचन गरिएको हो। कार्यक्रममा भोजपुरी प्रतिष्ठानकी अध्यक्ष तथा कन्या माध्यमिक विद्यालयकी प्रधानाध्यापक अनिता साह प्रमुख अतिथिका रूपमा सहभागी रहनुभएको थियो भने लेखक तथा सिद्धार्थ माध्यमिक विद्यालयका प्रधानाध्यापक विनोद मेहताको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।

गीतका गायक तथा मुख्य कलाकार चन्दन प्रजापतिले देशको सुरक्षामा खटिने सैनिकको पारिवारिक जीवन र भावनात्मक पक्षलाई केन्द्रमा राखेर गीत तयार गरिएको जानकारी दिए। उनले चर्चित गायिका कल्पना पटवारीसँगको सहकार्यले गीतलाई थप सशक्त र आकर्षक बनाएको उल्लेख गर्दै दर्शक–श्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त हुने विश्वास व्यक्त गरे।

उनका अनुसार एनआर म्युजिक रेकर्ड्समार्फत निर्माण गरिएको उक्त गीत तयार गर्न करिब साढे चार लाख रुपैयाँ खर्च भएको छ। आगामी दिनमा पनि सामाजिक, सांस्कृतिक तथा पारिवारिक विषयवस्तुमा आधारित गीत–संगीत निर्माणलाई निरन्तरता दिने उनले बताए।

कार्यक्रममा विश्व ज्योतिष महासङ्घका एसिया उपसभापति डा. पुरुषोत्तम दुबे, सदस्यहरू विभा साह र धीरज साह, भोजपुरी समाजका अध्यक्ष ध्रुव सिंह ठकुरी, लेखक प्रमोद पाण्डे ‘हेरम्ब’, कलाकार निभा यादव, निर्माता नितेश मेहता, राज सोनी, लेखक उमालाल साह, भोजपुरी गायक सुनिल पण्डित, टिकटक कलाकार तथा सञ्चारकर्मीलगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन पत्रकार जय यादवले गरेका थिए।

नयाँ गीत सार्वजनिक भएसँगै भोजपुरी संगीतप्रेमीमाझ यसले राम्रो चर्चा बटुल्ने अपेक्षा गरिएको छ।

सम्बन्धित खबर

सरकारलाई २४ घण्टे अल्टिमेटम, माग पूरा नभए विनय यादव आमरण अनशनमा बस्ने

लक्की खबर

प्रधानमन्त्री बालन शाहलाई भारत भ्रमणको निम्तो

लक्की खबर

स्वास्थ्यकर्मीमाथि आक्रमणको विरोधमा आन्दोलन चर्कियो, नारायणी अस्पतालका ६५ चिकित्सकको सामूहिक राजीनामा

लक्की खबर