पर्सा । ‘जनताको नेता जनता माझ’ अभियान अन्तर्गत पर्सा क्षेत्र नं. २ का संघीय सांसद सुशिल कानु ले पर्सागढी नगरपालिका–५, जिगनामा स्थानीय बासिन्दासँग भेटघाट कार्य भएको छ।उक्त कार्यक्रममा क्षेत्रको विकास, पूर्वाधार, शिक्षा, स्वास्थ्य तथा जनजीविकासँग सम्बन्धित विषयमा सरसल्लाह गर्नुभएको छ।

कार्यक्रममा स्थानीयवासी तथा बुद्धिजीवीहरूले आफ्नो टोल–समुदायका समस्या, आवश्यकता र विकासका प्राथमिकताबारे सांसद कानुसमक्ष सुझाव तथा धारणा राखेका थिए। सांसद कानुले जनताको सुझावलाई योजनाबद्ध रूपमा सम्बोधन गर्दै आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
उक्त कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेस प्रदेशका यातायात विभाग प्रमुख राम आर्य, रास्वपा महाधिवेशन प्रतिनिधि सुधिर पटेल,रास्वपा क्षेत्र नं.२का सचिव किशन प्रसाद, रास्वपा वीरगञ्ज नगर सभापति दिपराज पटेल तथा स्थानीय बुद्धिजीवीहरूको समेत उपस्थिति रहेको थियो।
कार्यक्रमले जनप्रतिनिधि र नागरिकबीच प्रत्यक्ष संवाद, सहकार्य र विकासका साझा एजेन्डामा छलफल गर्न महत्वपूर्ण भूमिका खेलेको सहभागीहरूले बताएका छन्।


