Lucky-Khabar_

उपचारका क्रममा बिरामीको मृत्यु भएपछि नारायणी अस्पतालमा तोडफोड

वीरगञ्ज। वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा एक बिरामीको मृत्यु भएपछि उनका आफन्त तथा स्थानीयले अस्पतालको आकस्मिक कक्षमा तोडफोड गरेका छन्।

content ad p2

वीरगञ्ज महानगरपालिका–२५ निवासी ४५ वर्षीय राजकुमार पटेलको शनिबार उपचारकै क्रममा मृत्यु भएपछि आक्रोशित आफन्त र स्थानीयले बिहान करिब ११ बजे आकस्मिक कक्षमा प्रवेश गरी होहल्ला गर्दै तोडफोड गरेका हुन्।मृतकका आफन्तले चिकित्सकको लापरबाहीका कारण पटेलको ज्यान गएको आरोप लगाउँदै अस्पताल परिसरमा विरोध प्रदर्शन गरेका थिए। प्रदर्शनका क्रममा आकस्मिक कक्षमा क्षति पुगेको छ भने एक जना घाइते भएको प्रत्यक्षदर्शीले बताएका छन्।

घटनापछि केही समय अस्पताल परिसर तनावग्रस्त बनेको थियो। स्थिति नियन्त्रणमा लिन ठूलो संख्यामा नेपाल प्रहरी परिचालन गरिएको थियो।वडा प्रहरी कार्यालयका प्रमुख विक्रम सुवेदीका अनुसार उपचारका लागि अस्पताल ल्याइएका पटेलको मृत्युको वास्तविक कारण अझै खुल्न बाँकी रहेको छ। घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यसैबीच, अस्पताल प्रशासनले घटनापछि सेवाप्रवाहमा परेको असर तथा तोडफोडबाट भएको क्षतिको विवरण संकलन गरिरहेको जनाएको छ। मृतकको मृत्युको कारण र चिकित्सकीय प्रक्रियाबारे पनि सम्बन्धित निकायबाट अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

सम्बन्धित खबर

विश्व तेली दिवसमा रसुवा बाढीपीडितका लागि १ लाख ५१ हजार सहयोग

लक्की खबर

माईस्थान युवा क्लबको आठौँ गणेश पूजा महोत्सव सांसद कानुद्वारा समुद्घघाटन ,पुजा भव्य रूपमा सुरु

लक्की खबर

रसुवा बाढीपीडितका लागि सांसद कानु मार्फत गहवामाई तीर्थ विकास क्षेत्र समितिद्वारा रु. २ लाख ११ हजार सहयोग

लक्की खबर