वीरगञ्ज | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्सागढी नगर कमिटी, पर्साको आयोजनामा पर्सागढी नगरपालिका–३ बढनियारमा खुला रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा ३ महिलासहित कुल ६० जनाले रक्तदान गरेका छन्।

प्रतिनिधिसभा सदस्य सुशील साह कानुको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा रक्तदानको माध्यमबाट सामाजिक सेवामा योगदान पुर्याउने उद्देश्य राखिएको आयोजकले जनाएको छ।

कार्यक्रममा रास्वपाका महाअधिवेशन प्रतिनिधि सुधिर पटेल, मधेश प्रदेश यातायात विभाग प्रमुख राम आर्य, पर्सा जिल्ला कार्यवाहक सभापति तुलसा पौडेल अधिकारी, शिक्षा विभाग अध्यक्ष सबु कडेल, क्षेत्र नं. २ का सचिव किशन प्रसाद, वीरगञ्ज नगर सभापति दीपराज पटेल, नेता बुद्धिराज पौडेल, शान्ति पौडेल, कवि आर्याललगायत स्थानीय बुद्धिजीवी, नगर कमिटीका पदाधिकारी तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
रक्तदान गर्नेहरूमा प्रमुख अतिथि सांसद सुशील साह कानु, सुधिर पटेल, मुस्कान दाहाल, होमप्रसाद न्यौपाने, सन्तोष खवास, पोषण पटेल कुर्मी, हर्कबहादुर आर्याल, आशिक अधिकारी, रैतु आलम अन्सारी, कमलेश रायभर, मनोज रायभर, करण आचार्यलगायत सहभागी रहेका थिए।
कार्यक्रम सफल बनाउन नेपाल रेडक्रस सोसाइटी रेशम उपशाखाका सह–कोषाध्यक्ष अभिलाष गुप्ता तथा रक्तसञ्चार केन्द्र वीरगञ्जका प्रमुख सौरभ पाण्डेलगायतको विशेष सहयोग रहेको आयोजकले जनाएको छ। 
आयोजकका अनुसार रक्तदान कार्यक्रमले स्थानीय स्तरमा रक्त अभाव न्यूनीकरणमा सहयोग पुग्नुका साथै मानवीय सेवाप्रति नागरिकको सहभागिता बढाउने विश्वास व्यक्त गरिएको छ।


