Lucky-Khabar_

धर्मभन्दा माथि राष्ट्रिय एकता : संसदमा नेता रहबर अन्सारीको सन्देश

काठमाडौं। प्रतिनिधिसभाको बैठकमा आफ्नो धारणा राख्दै मुस्लिम नेता तथा सांसद रहबर अन्सारीले धर्म, जात र समुदायभन्दा माथि राष्ट्रको एकता र सद्भावलाई प्राथमिकता दिनुपर्ने बताएका छन्।

content ad p2

संसदमा बोल्दै अन्सारीले नेपाल बहुधार्मिक, बहुजातीय र बहुसांस्कृतिक देश भएकाले सबै नागरिकले आपसी सम्मान, सहिष्णुता र राष्ट्रिय हितलाई केन्द्रमा राखेर अघि बढ्नुपर्ने धारणा व्यक्त गरे। उनले कुनै पनि धर्म वा समुदायलाई विभाजनको आधार बनाउन नहुने उल्लेख गर्दै राष्ट्रिय एकताले मात्र देशलाई समृद्धि र स्थायित्वतर्फ लैजान सक्ने बताए।

नेता अन्सारीले  संसदमा “जय श्री राम,अल्लाह अकबर,बुध्द शरणंको” नारा लगाउदै हिन्दु,मुस्लिम ,बुद्धिस्ट तथा अन्य धर्मालम्बिहरुमा केहि आफुलाई ध्रार्मात्मा भन्नेहरुले आफ्नो धर्ममा भएको राम्रो कुरा बिर्सी नराम्रो कुरा गरेर समाजमा द्ववन्ध फैलाउने कार्य गरेको पनि बताए |

उनले सबै नेपालीलाई संविधानले समान अधिकार दिएको स्मरण गराउँदै धार्मिक सद्भाव कायम राख्नु सम्पूर्ण नागरिकको साझा जिम्मेवारी भएको बताए। देशको विकास, शान्ति र सामाजिक सद्भावका लागि सबै राजनीतिक दल तथा समुदायबीच सहकार्य आवश्यक रहेको उनको भनाइ थियो।

अन्सारीले संसदमार्फत सबै नागरिकलाई आपसी भाइचारा, सहिष्णुता र राष्ट्रिय एकताको भावना अझ सुदृढ बनाउन आग्रह गर्दै आफ्नो मन्तव्य समाप्त गरेका थिए।

सम्बन्धित खबर

देवानगञ्ज घटनापछि लहानमा तनाव, स्थिति नियन्त्रण गर्न प्रहरीले गर्‍यो हवाई फायर

लक्की खबर

वीरगञ्ज–७ मा फोहोर व्यवस्थापनमा अनियमितताको आरोप, रकम नदिँदा फोहोर नउठाएको स्थानीयको गुनासो

लक्की खबर

देवानगञ्ज गोलीकाण्डको घटनामा परि उपचाररत अर्का युवकको पनि मृत्यु, मृतक संख्या दुई पुग्यो

लक्की खबर