Lucky-Khabar_

सभापति अजय सर्राफको पहलमा वीरगञ्जको जग्गा वर्गीकरण फाइल भूमि प्रशासन कार्यालय, पर्सामा दर्ता

वीरगञ्ज|करिब दुई महिनादेखि वीरगञ्ज महानगरपालिकामा तयारी अवस्थामा रहेर पनि रोकिएको जग्गा वर्गीकरणसम्बन्धी फाइल जिल्ला सभापति अजय सर्राफको विशेष पहल र समन्वयपछि भूमि प्रशासन कार्यालय, पर्सामा दर्ता गरिएको छ।

content ad p2

महानगरपालिकाले आवश्यक प्रक्रिया पूरा गरी जग्गा वर्गीकरणसम्बन्धी सम्पूर्ण कागजात तयार पारेको भए पनि विभिन्न कारणले उक्त फाइल लामो समयदेखि महानगरमै रोकिएको थियो। जिल्ला सभापति सर्राफले सम्बन्धित निकायसँग समन्वय र आवश्यक पहल गरेपछि बिहीबार फाइल औपचारिक रूपमा भूमि प्रशासन कार्यालयमा दर्ता गरिएको हो।

फाइल दर्ता भएसँगै अब कानुनी तथा प्रशासनिक प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ। यसबाट जग्गा वर्गीकरणको कामले गति लिने र सेवाग्राहीले सहज रूपमा सेवा प्राप्त गर्न सक्ने विश्वास व्यक्त गरिएको छ।

लामो समयदेखि रोकिएको प्रक्रिया अघि बढेकामा स्थानीय सरोकारवाला तथा सेवाग्राहीले सकारात्मक प्रतिक्रिया जनाएका छन्। उनीहरूले अब सम्बन्धित निकायले बाँकी प्रक्रिया पनि शीघ्र सम्पन्न गरी जग्गा वर्गीकरणसम्बन्धी समस्या समाधान गर्ने अपेक्षा गरेका छन्।

जिल्ला सभापति अजय सर्राफको पहलपछि रोकिएको प्रक्रिया अघि बढेकाले वीरगञ्ज महानगर क्षेत्रका जग्गाधनी तथा सेवाग्राहीमा नयाँ आशा जागेको बताइएको छ।

सम्बन्धित खबर

रामपुर खाप छोटी भन्सार पुनः सञ्चालनको माग गर्दै आमरण अनसन सुरु, डेलिगेसन काठमाडौंमा

Akleshsaran Patel

विश्व तेली दिवसमा रसुवा बाढीपीडितका लागि १ लाख ५१ हजार सहयोग

लक्की खबर

माईस्थान युवा क्लबको आठौँ गणेश पूजा महोत्सव सांसद कानुद्वारा समुद्घघाटन ,पुजा भव्य रूपमा सुरु

लक्की खबर