Lucky-Khabar_

रौतहटमा ५० लाखभन्दा बढी मूल्यका मोबाइल पार्ट्स बरामद

वीरगञ्ज । रौतहटको गौर नगरपालिका–४ टिकुलियास्थित एक घरबाट सशस्त्र प्रहरीले ५० लाख रुपैयाँभन्दा बढी मूल्यका मोबाइल पार्ट्स बरामद गरेको छ।

content ad p2

सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण हेडक्वार्टर रौतहटका गणपति सशस्त्र प्रहरी उपरीक्षक चेतराज जोशीको नेतृत्वमा गौर भन्सार कार्यालयका प्रतिनिधिसहितको टोलीले स्थानीय भोला साहको घरमा खानतलासी गरेको थियो।खानतलासीका क्रममा घरभित्र लुकाइछिपाइ राखिएको अवस्थामा ५० लाख १४ हजार ५०१ रुपैयाँ बराबरका मोबाइल पार्ट्स बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

टोलीले उक्त घरबाट दुई वटा मोटरसाइकलसमेत नियन्त्रणमा लिएको छ। बरामद मोबाइल पार्ट्स तथा मोटरसाइकल आवश्यक कारबाहीका लागि गौर भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।बरामद सामग्रीको स्रोत तथा त्यसमा संलग्न व्यक्तिका विषयमा थप अनुसन्धान भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।

सम्बन्धित खबर

रौतहटमा कटुवा पेस्तोलसहित भारतीय नागरिक पक्राउ

लक्की खबर

बिरगंज-१ छपकैयामा रास्वपा युवा नेता सुधीर पटेलको नागरिकसँग भेटघाट

लक्की खबर

बिरगंजका मेयर उम्मेदवार चर्चित रास्वपा युवा नेता सुधीर पटेलद्वारा नगवाका नागरिकसँग भेटघाट तथा विकासबारे छलफल

लक्की खबर