Lucky-Khabar_

रास्वपा जगरनाथपुर–६ द्वारा शुभकामना आदानप्रदान तथा  जनगुनासो सुनुवाइ कार्यक्रम सम्पन्

पर्सा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जगरनाथपुर गाउँपालिका–६ को आयोजनामा तिहार तथा छठ पर्वको शुभकामना आदानप्रदान र जनगुनासो सुनुवाइ कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

content ad p2
  1. रास्वपा जगरनाथपुर गाउँपालिका सभापति परशुराम साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पर्सा निर्वाचन क्षेत्र नम्बर–३ का सांसद रामाकान्त चौरसिया प्रमुख अतिथि तथा क्षेत्र नम्बर–४ का सांसद टेकबहादुर शाक्य ,पर्सा निर्वाचन क्षेत्र नम्बर–२ का सांसद सुशीलकुमार कानु, पर्सा क्षेत्र नम्बर–३ की सांसद तथा पार्टीकी केन्द्रीय सदस्य सुनिता चौधरीविशिष्ट अतिथिका रूपमा सहभागी थिए।

त्यस्तै कार्यक्रममा  रास्वपा मधेस प्रदेश यातायात विभाग प्रमुख राम आर्य, शिक्षा उपप्रमुख सोनालाल पटेल, जिल्ला उपसभापति दिलीप कुर्मी, क्षेत्रीय सभापतिहरू४का जितेन्द्र मिश्र, ३का प्रदीप साह र२का फैयाज आलमलगायतको उपस्थिति रहेको थियो।,पोखरियाका रास्वपा युवा नेता प्रदिप पटेल,पटेर्वा सुगौलिका युवा नेता राजकुमार साह लगायत रास्वपा नेता तथा जनसमुदायहरुको बिशेष उपस्तिथि रहेका थिए।

त्यसैगरी धोबिनी गाउँपालिकाका पूर्वअध्यक्ष सुरेश (शोभा) कुर्मी, रास्वपा ठोरीका सभापति माधव बस्नेत, सहित पार्टीका विभिन्न तहका नेता तथा कार्यकर्ताहरूको पनि कार्यक्रममा सहभागिता रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै सांसद सुशीलकुमार कानुले आगामी स्थानीय तहको निर्वाचनमा उम्मेदवार छनोट गर्दा पैसा र शक्तिको प्रभावभन्दा पार्टीमा योगदान पुर्‍याएका योग्य व्यक्तिलाई प्राथमिकता दिइने बताए। उनले पार्टीको सफलताका लागि इमानदार र सक्षम व्यक्तिहरूलाई अवसर दिनुपर्ने धारणा राखे।

त्यस्तै, सांसद टेकबहादुर शाक्यले स्थानीय जनतासँग निरन्तर सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले जनताका समस्या र गुनासालाई सम्बोधन गर्न आफूहरू सधैँ तयार रहने बताउँदै ढुक्क भएर सहकार्य गर्न आग्रह गरे।

कार्यक्रमका प्रमुख अतिथि सांसद रामाकान्त चौरसियाले सरकारले समाज सुधारका लागि विभिन्न काम गर्ने बताए। उनले आगामी स्थानीय तहको निर्वाचनमा रास्वपालाई विजयी गराउन जनतासँग आग्रहसमेत गरे।

कार्यक्रममा तिहार तथा छठ पर्वको शुभकामना आदानप्रदानसँगै स्थानीय जनताका समस्या, गुनासा र सुझाव सुन्ने विषयलाई प्राथमिकता दिइएको थियो। यस्ता कार्यक्रमले पार्टी र जनताबीचको सम्बन्ध थप सुदृढ बनाउनुका साथै स्थानीय तहमा देखिएका समस्या पहिचान गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिएको थियो।

कार्यक्रममा सहभागी नेता तथा कार्यकर्ताहरूले जनतासँग प्रत्यक्ष संवाद र सहकार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए।

Oplus_131074

 

सम्बन्धित खबर

जनताको समस्या सुन्न बहुबरी पुगे रास्वपाका सांसदहरू, कृषि, सिँचाइ, शिक्षा र स्वास्थ्यका विषयमा खुला छलफल

लक्की खबर

परोहा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण तालिका सार्वजनिक

लक्की खबर

सम्भावित चक्रवातको जोखिम : पर्सामा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर