Lucky-Khabar_

अभिनेत्री कंगनाको शानदार जित: पूर्वमुख्यमन्त्री पुत्र विक्रमादित्य पराजित

२२ जेठ,नयाँ दिल्ली,भाररत। लोकसभा चुनावमा उत्रिएकी बलिउड अभिनेत्री कंगना रनौतले शानदार जित निकालेकी छन् ।

content ad p2

कंगना हिमाचल प्रदेशको मन्डी लोकसभा सिटमा भारतीय जनता पार्टीबाट चुनावी मैदानमा थिइन् ।उनले ७३ हशजार ७०३ मतको अन्तरसहित लोकसभा यात्रा तय गरिन् । कंगनासँग कांग्रेस प्रत्याशी विक्रमादित्य सिंह पराजित भए ।

विक्रमादित्य सिंह कांग्रेसका दिग्गज नेता एवम् पूर्व मुख्यमन्त्री वीरभद्र सिंहका छोरा हुन्। कंगना रनौतको ५ लाख २७ हजार ४६३ मत थियो भने विक्रमादित्य सिंहको ४ लाख ५३ हजार ७६० मत थियो ।

४३ सय २० मतसहित बहुजन समाज पार्टीका डाक्टर प्रकाश चन्द्र भारद्वाज तेस्रो नम्बरमा रहे । मन्डी लोकसभा सिटमा जम्मा १० प्रत्यासी थिए ।

सम्बन्धित खबर

पर्सागढी–४ मा कंस वध मेला–२०८३ सुरु:प्रमुख अथिति सांसद साहद्वारा उद्घाटन

लक्की खबर

राप्रपा पर्साको अध्यक्षमा पूर्व सांसद बिना जयसवाल कुर्मी सर्वसम्मत

लक्की खबर

वीरगञ्ज महानगर कमिटी एमाले विवाद स्थानीय तहमै समाधान गर्न महासचिव पोखरेलको निर्देशन

लक्की खबर