४ असार,वीरगञ्ज । वीरगञ्जको आदर्शनगरमा हुदा बिधुत तार सट दुईवटा मोटरसाईकलमा आगो लागेको छ ।सो आगलागी करिब अन्दाजी दिनको १२.०० भाको हो |

आदर्शनगर स्थित नेपाल ईन्भेष्टमेण्ट मेगा बैंक अगाडि दुईवटा मोटरसाईकलमा हुदाबिधुत तार सट अचानक आगो लागेको छ। नेपाल राष्ट्र बैंकतर्फबाट आएको एउटा मोटरसाईकल नेपाल इन्भेष्टमेन्ट मेगा बैंक अगाडि आईपुग्दा आगो लागेको र चालकले रोकेर निभाउन खोज्दा झन फैलिएर त्यहि रोकि राखिएको आर्को मोटरसाईकलमा पनि आगो लागेको वडा प्रहरी कार्यालय वीर्ताका प्रहरी निरीक्षक पुष्कर बोगटीले जानकारी गराए ।
प्रदेश ०२–०३–१ ८ प ८२१९ नम्बरको कालो रातो पल्सर र प्रदेश ०२–०३–००१ प ८९०४ नम्बरको रातो कालो पल्सर आगोले जलेर पूर्ण रुपमा क्षति भएको छ । ८२१९ नम्बरको मोटरसाईकल वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ बस्ने सत्य कुमार यादवको र अर्को ८९०४ नम्बरको मोटरसाईकल वीरगञ्ज महानगरपालिका वडा नम्बर २० हरपतगंजका मिथिलेश कुमार यादवको रहेको प्रहरी निरीक्षक बोगटीले जानकारी गराउनु भयो ।
घटनाको अनुसन्धानका लागि घटना प्रकृति मुचुल्का तयारी गरिएको बताउनुभयो । चर्को गर्मीले धेरै तातिएर बिजुलीको तार शर्ट भई आगोलागेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान गरिएको छ ।


