नयाँ दिल्ली,बंगाल। सोमबार बिहान दार्जिलिङको न्यू जलपाइगुडीको नजिक एक कार्गो रेलले यात्रुबाहक रेललाई ठक्कर दिदा दुर्घटना भाको थियो । दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ८ र २५ देखि ५० जना घाइते भएको छ |सरकारले मृत्यु भएकाको परिवारलाई १०/१० लाख रुपैयाँ दिने भारतीय घोषणा गरेको छ ।

रेल मन्त्री अश्विन वैष्णवले घाइतेलाई दुई लाख ५० हजार रुपैयाँ दिइने र सामान्य चोटपटक लागेकालाई ५० हजार रुपैयाँ रकम उपलब्ध गराउने जनाएका छन् ।
रेल बोर्डकी प्रमुख कार्यकारी अधिकृत (सीइओ) जया सिन्हा बर्माले जनाएअनुसार उद्धारको कार्य सम्पन्न भएको छ ।
रेलमन्त्री अश्विनी वैष्णव दुर्घटनास्थलतिर प्रस्थान गरेको जनाइएको छ । सो घटनाबारेमा राष्ट्रपति द्रौपदी मुर्मु, प्रधानमन्त्री नरेन्द्र मोदी, बंगालका मुख्यमन्त्री ममता बनर्जी लगायतले दुख व्यक्त गरेको जानकारी भएको छ । बीबीसी


