Lucky-Khabar_

प्रेस स्वतन्त्रता लोकतन्त्रमा कमजोर बनेको सरोकारवालाको भनाई

९ असार,वीरगञ्ज । राज्यको शासन प्रणाली परिवर्तन भएपनि प्रेस स्वतन्त्रताको प्रत्याभूति अझै हुन नसकेको सरोकारवालाहरुले बताएका छन् ।

content ad p2

समाजवादी प्रेस संगठन नेपाल पर्साले वीरगन्जमा आयोजना गरेको समाजवाद र प्रेस स्वतन्त्रता विषयक अन्तरकृया कार्यक्रममा बोल्ने वक्ताहरुले पूँजीवादी व्यावस्थाको चंगुलमा फसेको समाजमा प्रेस स्वतन्त्रता झन जटिल र चुनौती बन्दै गएको बताएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि एकीकृत समाजवादी पार्टीका प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले अहिलेको व्यावस्थामा सञ्चारगृहहरु नै प्रेस स्वतन्त्रता बञ्चित गराउनेतर्फ उन्मुख रहेको बताए । उनले पत्रकारहरुले लेखेको समाचारहरु सञ्चारगृहहरुले पूँजीपति दलालहरुको प्रभावमा परेर रोक्ने र समाजले पाउने सूचना समेत लुकाउने प्रवृत्ति बढ्दै जाँदा प्रेस स्वतन्त्रताको मुद्दा कमजोर बन्दै गएको बताए |

एकीकृत समाजवादी पार्टीको असार १६ गतेदेखि काठमाडौंमा हुने महाधिवेशनमा प्रेस स्वतन्त्रताको विषयमा पार्टीका धारणाका लागि कार्यपत्र प्रस्तुत गर्नुपर्ने भएकोले विभिन्न सञ्चारसँग सम्बन्ध संस्थाहरुसँग राय सुझाव संकलन गर्ने र महाधिवेशनमा प्रेस स्वतन्त्रतामा समाजवादी पार्टीको धारणा बनाउने बताईएको छ ।

समाजवादी प्रेस संगठन नेपाल पर्साका अध्यक्ष शम्भु कुमार सुमनको अध्यक्षतामा भएको कार्यक्रममा एकीकृत समाजवादी पार्टीका प्रचार विभाग सचिव प्रकाश खतिवडा, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दिपेन्द्र चौहान, प्रदेश महासचिव श्याम बञ्जारा लगायतले बताएका  थिए ।

कार्यक्रमा स्वागत समाजवादी प्रेस संगठनका केन्द्रीय सदस्य मनोज पटेलले गरेका थिए । कार्यक्रममा नेकपा एकीकृत समाजवादी पार्टी पर्साका कार्यवाहक अध्यक्ष गंगा खड्का, महानगर अध्यक्ष मनोज चौधरी, समाजवादी प्रेस संगठनका केन्द्रीय सचिव बृजलाल पासवान, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य तथा पर्सा इञ्चार्ज नीरज पिठाकोटे, पर्सा अध्यक्ष दीपक गौतम, नेपाल प्रेस युनियनका पर्सा अध्यक्ष विजय चौहान लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित खबर

तिलोत्तमा नगरपालिकाको महत्वपूर्ण निर्णय: भूमिहीन र अव्यवस्थित बसोबासीको बस्ती नहटाउने घोषणा

लक्की खबर

उपत्यकासहित देशका विभिन्न भागमा वर्षाको सम्भावना: सतर्क रहन जल तथा मौसम विज्ञान विभागको आग्रह

लक्की खबर

कर्मचारीलाई राजनीति नगर्न सरकारको कडा निर्देशन: ‘उल्लंघन गरे तत्काल जागिर जाने’

लक्की खबर