Lucky-Khabar_

मनसुन सक्रिय भएपछि पथलैया-अम्लेखगञ्ज सडक खण्ड धमाधम सडक कालोपत्रे

१२असार,बारा । मनसुन सुरु भएपछि पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पथलैया–अम्लेखगञ्ज सडक खण्ड धमाधम कालोपत्रे गर्ने काम भएको छ । भ्याटसहित ५ करोड लगानीमा २ किलोमिटर सडक कालोपत्रे गर्ने काम भइरहेको हो ।

content ad p2

ठुलो बजेटमा २ किलोमिटर सडक निर्माण गर्न लागिएको भन्दै यसलाई ‘नमुना सडक’ को नाम दिइएको छ । सडक डिभिजन कार्यालय हेटौँडा र चौधरी निर्माण सेवा जनकपुरबिच २०८० माघ २२ गते भएको ठेक्का सम्झौतामा जेठ मसान्तभित्र काम सक्नुपर्ने उल्लेख थियो । तर, ठेकेदार कम्पनीले भने सम्झौता भएको करिब ५ महिनापछि हतार हतारमा कालोपत्रे बिछ्याउने काम गरिरहेको छ ।

सडक डिभिजन कार्यालय हेटौडाका सव–इन्जिनियर शंकर टंमाटाले २ लेनको सडक खण्ड मध्ये एक लेनको काम सम्पन्न भइसकेको र बाँकी काम असार १५ गतेभित्र सम्पन्न हुने बताए । ‘मनसुन सुरु भए पनि सडकमा पानी जमेको छैन, राति पानी परे पनि सडक सुख्खा भएकाले कालोपत्रे गर्न खासै फरक पर्दैन’ प्राविधिक टमाटाले भने ‘अहिलेसम्म ६५ देखि ७० प्रतिशत काम सम्पन्न भइसकेको छ बाँकी काम असार १५ भित्र सकिन्छ ।’

सामान्यतया कालोपत्रे गरेको २४ घण्टासम्म पानी पर्नुहुँदैन । तर मङ्गलवार स्थलगत रिपोटिङ्गको क्रममा ठेकेदार सडक कालोपत्रे गरेको केही घण्टा नबित्दै बारामा ठुलो पानी परेको थियो ।

पर्सा राष्ट्रिय निकुञ्जसँग जोडिएको यो सडक खण्डमा तीव्र गतिमा गुड्ने मालवाहक सवारी साधनका कारण सडकको अधिकांश भाग धसिएको छ भने साँघुरो सडकमा वार्षिक दर्जनौँ मानिस तथा वन्यजन्तुले अकालमा ज्यान गुमाउने गरेका छन् ।

फिल्डमा भेटिएका चौधरी निर्माण सेवाका प्राविधिक सुमन कार्कीले २ किलोमिटर मध्ये १ हजार २ सय मिटरमा काम सकिएको र बाँकी काम केही दिनभित्र सकिने बताएका छन् ।

‘सम्झौतामा हामीलाई जेठ मसान्तभित्र काम सक्ने थियो तर अहिलेसम्म सडक डिभिजनबाट पैसा आएको छैन । आर्थिक कारणले पनि काम ढिलो भएको हो’ कार्कीले भने ‘अहिले हामीसँग बिटुमिन किन्नलाई पैसा छैन ।’

ठुलो लगानीमा निर्माण भइरहेको सडकमा विशेष प्रकारको ४० ग्रेडको बिटविन प्रयोग गरिएको जनाएको छ । यो प्रविधिको सडक नेपालमै पहिलो भएको सडक डिभिजनको दाबी छ ।

२०२२ सालमा भारत सरकारको आर्थिक सहयोगमा निर्माण भएको पूर्व–पश्चिम राजमार्ग त्यसयता सामान्य मर्मत सम्भार बाहेक पुनः निर्माणको काम भने भएको छैन ।

सरकारले तत्कालै पथलैया–भरतपुर करिब एक सय किलोमिटर सडक खण्ड विस्तार गर्न बजेट अभाव भएको कारण देखाउँदै २ किलोमिटर नमुनाको रूपमा निर्माण गरेको हो ।

सडक डिभिजन कार्यालय हेटौँडाका प्रमुख राजेश प्रसाद यादवले नयाँ प्रविधिको प्रयोग गरेर सडक निर्माण काम भइरहेको छ, यसमा उच्च गुणस्तरीय भिजिट ४० को बिटमिन र अस्पतालको बिचमा फाईवरको प्रयोग गरिएकोले नमुना सडक भनिएको बताएका छन् ।

यो प्रविधिको सडक नेपालमै पहिलो भएको यादवको भनाई छ । ‘अव पानी परेन भने ३ दिनभित्र बाँकी काम सम्पन्न हुन्छ, बजेट अभावका कारण समयमै काम सक्न नसकिएको हो’ यादवले भने ‘यसमा पानी परे पनि खासै समस्या हुँदैन ।’

महेन्द्र राजमार्गको नामले पनि चिनिने पूर्व पश्चिम जोड्ने सडक खण्ड तराईको पर्सा बाहेक २१ जिल्लालाई छोएको छ । १ हजार २७ दशमलव ६७ किलोमिटर लम्बाई रहेको पूर्व–पश्चिम राजमार्ग २०२२ सालमा भारत सरकारको सहयोगमा निर्माण भएर सञ्चालनमा आएको हो ।

त्यसयता सामान्य मर्मत सम्भार बाहेक पुनः निर्माणको काम भने पहिलो पटक भएको सडक डिभिजन कार्यालय प्रमुख यादवको भनाइ छ।साभार

सम्बन्धित खबर

रसुवास्थित चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा ठूला ढुंगा, ८ कामदारको खोजी जारी

लक्की खबर

भारतीय राजदूत नवीन श्रीवास्तवलाई वीरगञ्जमा बिदाइ

लक्की खबर

देशभरका नदीमा जलसतह बढ्ने, तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर